पत्रकार महासङ्घले माग प्रति वेवस्था नगरेको भन्दै आन्दोलनमा जाने प्रेस सङ्गठन नवलपुरको निर्णय

असार, ०९, कावासोती ।

प्रेस सङ्गठन नेपाल नवलपुरले पत्रकार महासङ्घ नवलपुर विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । सोमबार कावासोतिमा बसेको सङ्गठनको भेलाले आन्दोलनमा जाने निर्णय गरेको प्रेस सङ्गठन नेपाल नवलपुर कार्यदल सदस्य हरीस चन्द्र पोखरेलले जानकारी दिए।

एक साताअघी जिल्लाका विभिन्न पेशागत सङ्गठनहरुले विभिन्न माग राखेर बुझाएको ज्ञापनपत्रका विषयमा महासङ्घले कुनै चासो नदिएको र सङ्गठनहरुले दिएको ७ दिने अल्टिमेटमको समयसिमासम्म पनि मागहरुका विषयमा कुनै सुनुवाइ नभएपछी बाध्य भएर आन्दोलनमा जाने निर्णय गरिएको सङ्गठनका अर्का कार्यदल सदस्य अर्जुन अबिरलले बताए ।

प्रेस सङ्गठनका नेता बिद्रोही गिरि, दिपक भट्टराई सहितको भेलाले जिल्लामा क्रियाशिल अन्य सङ्गठनका प्रमुखहरुसङ्ग आजै बैठक बसि थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने निर्णय पनि गरेको छ । पत्रकारसँग सम्बन्धित विभिन्न पेशागत संगठनहरु प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज नवलपुर, वातावरण पत्रकार मञ्च लगायतले पत्रकार महासंघ नवलपुरले नयाँ सदस्यता शुल्क २ हजार रुपैया कायम गर्नुपर्ने, महासंघको नयाँ सदस्यता, शुद्धिकरण, नवीकरण, भवन निर्माण सहयोग जस्ता गम्भीर विषयमा जिल्लामा रहेका सबै पत्रकार संगठनहरुको प्रतिनिधिहरु समावेश गरी कार्यादल बनाउन माग गर्दै एक साता अघि ज्ञापन पत्र बुझाएका थिए ।

त्यसैगरी पत्रकार महासंघ नवलपुर शाखाले गत २०७५ पौष १४ गते आयोजना गरेको साधारण सभामा आर्थिक प्रतिवेदन पास हुन नसकेको कारणसहित हिसाबकिताव चुस्तदुरुस्त ढंगले सार्वजनिक गर्नुपर्ने, नेपाल पत्रकार महासधको केन्द्रीय लेखा आयोगद्धारा आय व्यय सार्वजनिक गर्नुपर्ने नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विभिन्न संघसंस्था एवं सरकारी कार्यालयबाट विभिन्न वाहानामा रकम उठाएको तर त्यसको रेकर्ड कही कतै नराखिएकोले सो को सार्वजनिक गर्नुपर्ने, महासंघको कार्यालय भवन बनाउने स्थान कही कतै तय नभएको तर भवन निर्माण सहयोग भनी रकम उठाउने तर रकम कहाँ राखिएको भन्ने विषयमा खुलस्त पार्नुपर्ने लगायतका माग राख्दै पत्रकारहरु आन्दोलित हुँदै आएका छन् ।

त्यति मात्रै हैन गत जेठ ३१ र ३२ गते पोखरामा भएको नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको साधारण सभामा समेत नवलपुर जिल्लामा कार्यसमितिमा रहेकाहरुलाई पनि पार्सद बनाएर लगिएको प्रती सङ्गठनले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले प्रदेश प्रतिनिधि छनौट गर्दा जिल्ला अधिबेशमा भएका सहमतिलाइृ समेत व्यवस्था गर्दै, अन्य संगठन सग समन्वय नगरी एकलौटी ढङ्गबाट कार्यसमितिकै ब्याक्तिहरुलाई पार्सद बनाईनु लज्जास्पद भएको टिप्पणी गरेका छन । महासङ्घको यस्ता क्रियाकलापले नवलपुरकै पत्रकारहरुको बदनाम भएको समेत भेलामा गुनासो गरिएको थियो ।

साथै नेपाल पत्रकार महासंध नवलपुर शाखाले पत्रकार सुद्धिकरणमा समेत ध्यान नदिएको वातावरण पत्रकार मंचका अध्यक्ष शालिकराम कोइरालाले बताए ।
श्रोत ःसार्मथ्य एफएम