गृष्माको कविता : विदेशिने युवा

जान्छौ तिमी विदेश
सोचेर पाउँछौ केही विशेष
खोज्न भनेर सुख
पाउँछौ धेरै नै दुस्ख

बगाउँछौ तिमी पसिना
नभनी घाम असिना
कति दुस्ख गर्छौ साथी
नभनी बिहान र राती

कति माग्छ होला तिम्रो पसिनाले गुहार
हो सर्वस्व तिम्रो लागि आफ्नो परिवार
हटाउनका लागि आफ्नी आमाको आँखाको आँसु
सम्झिँदै दुख्यो मेरो मुटु

न त छ तिम्रो लागि दसँै, तिहार न त राखी
कसरी बस्छौ आमा तिमी आफ्नो पीडा ढाकी
पुकार्दै हुनुहुन्छ तिम्रो बुबा आऊ मेरो छोरा भनी
कुर्दै हुनुहुन्छ तिम्री आमा आउँछकी छोरो भनी त्यो सुनौलो बिहानी

के गर्नु?
कमाउनु नै छ यहाँ जिउनुको छ सवाल
तातो विदेशी भूमिको बनेर रखवाल
छिटो आउन घर,पर्खी रहेकी छे बलेनीमा बहिनी
बाँझो हातमा बाँध्न एक डोरो
अब त आऊ, यता फर्केर आफ्नो भूमि
सबैले मिलेर बदल्नु छ आफ्नो मातृभूमि

छोडेर आफ्नो देश, तोडेर आमाबाबाको चाहना
देख्याथ्यौ होला तिमीले देश सजाउने सपना
अझै छ आशा, फर्केर आँउनेछौ तिमी
कति रुने होला नेपाल आमा सम्झी तिमीलाई छिनछिन ।।

गृष्मा तिम्सिना
पिसजोन ऐकेडेमी
पोखरा ०८, सिमलचौर