समाजमा ज्येष्ट नागरिक सेवा केन्द्र आवस्यक

पोखरा २७, जेठ
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव दीर्घनारायण पौडेलले समाजमा ज्येष्ट नागरिक सेवा केन्द्र आवस्यक रहेको वताएका छन् । पोखराको रामघाटमा रहेको ज्येष्ट नागरिक दिवा सेवा केन्द्रको आइतवार निरीक्षण गर्दै उनले सो कुरा वताएका हुन् ।

ज्येष्ट नागरिक सेवाकेन्द्रको माध्यमवाट उनीहरुका सिकाई र सीपको हस्तान्तरण गर्ने वाताबरण समेत तयार हुने उनले वताए । उनले ज्येष्ट नागरिकको क्षेत्रमा मन्त्रालयको तर्फवाट हुने सवै सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गरे ।

गत कातिक महिनादेखि संञ्चालमा आएको रामघाट दिवा सेवा केन्द्रमा दैनि ३० देखि ३५ जना ज्येष्ट नागरिक आउने गरेका छन् । नियमित भक्ति संगित सहित प्रवचन समेत हुने गरेको सचिव केशवप्रसाद ढकालले जानकारी दिएका छन् ।

हरेक दिन विहान ११ बजेदेखि दिउसो ४ वजेसम्म कार्यक्रम ज्येष्ट नागरिक मनोरञ्जनको लागि विविध कार्यक्रम हुँदै आएको उनले बताए । संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव इच्चावहादुर वाग्ले र सचिव कशवप्रसाद ढकालले सेवा केन्द्रका विषयमा जानकारी गराएका थिए ।