मेथलाङमा एक घर एक धारा

पोखरा, २७ जेठ

लिफ्टिङ प्रविधि मार्फत् पोखरा १८ मेथलाङमा एक घर एक धारा उपलब्ध गराइएको छ । पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो ।

३५ लाखको लागतमा सम्पन्न भएको उक्त योजनाबाट ४० घर परिवारलाई एक÷एक धारा उपलब्ध गराइएको कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नमराज सुवेदीले जानकारी दिए । उक्त कार्यको लागि महानगरले २२ लाख ७० हजार सहयोग गरेको छ ।

उनका अनुसार सराङकोटकै कुसुन्नेको मूलबाट पानी लिफ्टिङ गरी मेथलाङमा पानी वितरण गरिएको हो । मूल भएको ठाउँमा कलेक्सन, रिजर्भ ट्यांकी र पानी तान्ने मोटर राखिएको सुवेदीले जानकारी दिए । पानी मेथलाङमा पु¥याउन करिब ६ सय ५० मिटर जीआई पाइप विछ्याइएको र मेथलाङमा ५० हजार लिटर क्षमताको पानी ट्यांकी बनाएर घर÷घरमा पानी वितरण गरिएको कार्यक्रम संयोजक गणेश देवकोटाले बताए ।

साविक सराङकोट ६ मा पर्ने मेथलाङमा गोठादीबाट पानी ल्याइएको भएपनि प्रर्याप्त थिएन ।एउटा धाराबाट ८ घरलाई पानी पु¥याउनु पर्ने वाध्यता थियो । पुरानो खानेपानी लाइन भएकाले बेला÷बेलामा समस्या आउने र पानी लिनका लागि डेड घण्टा टाढा स्यानीमूल सम्म पुग्नुपर्ने अवस्था थियो । अब भने पानीको समस्या हटेको अध्यक्ष सुवेदीले बताए । उक्त खानेपानी आयोजना जेठ ३२ गते पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

पोखरा महानगरपालिकामा गाभिएका साविकका गाविसमा पिउने पानीको समस्या भएका ठाउँहरुमा एक घर एक धारा पु¥याउने गरी काम अघि बढेको प्रमुख जिसीले बताए । विभिन्न वडामा गरी चालु आर्थिक वर्षमा ४४ वटा खानेपानीका योजना मार्फत् एक घर एक घारा पु¥याउने काम अगाडि बढेको हो । योजना मध्ये केही पुराना खानेपानीका योजनालाई मर्मत गर्ने कार्यपनि अन्तिम चरणमा पुगेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार नै महानगरमा पानीको समस्या भएका ठाउँमा एक घर एक धारा पु¥याउने कार्यलाई आगामी वर्षको बजेटमा पनि प्राथमिकता दिइने जिसीले बताए ।