अमेरिकाको नेब्रास्कामा मिस नेपाल यूएसको सातौं संस्करण हुने

मिस नेपाल यूएसका संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो ।

काठमाडौं । नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएसको सातौँ संस्करण नेब्रास्कामा हुने भएको छ । यस वर्षको मिस नेपाल यूएस आगामी अक्टोबरमा हुने आयोजकले जनाएको छ ।

सन २०११ मा न्यूयोर्कबाट सुरु गरिएको सो प्रतियोगितामा नेब्रास्का नेप्लीज सोसाइटी आयोजक र मिस नेपाल यूएस संरक्षकको रुपमा रही समन्वय गर्ने गरि सहमति भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । अमेरिकामा स्थापना भएका संस्था मध्येको पुरानो यो संस्था सन २००१ स्थापना भएको हो । स्थापना देखि नै नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै नेपाली कला, साहित्य तथा संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यस वर्ष पनि दशैँ तिहारको अवसरमा शुभकामना आदान प्रदान सँगै मिस नेपाल यूएस २०१९ कार्यक्रम सफल पार्न सम्पुर्ण अमेरिकावासी नेपालीहरुले सहयोग गर्ने आयोजक नेब्रास्का नेप्लीज सोसाइटीले विश्रास लिएको छ ।

प्रतियोगिताको विजेताले नगद ५ हजार अमेरिकी डलरसहित अन्य विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकको भनाई छ । प्रतियोगितामा १९ देखि २९ वर्षसम्मका नेपाली युवतीहरुले सहभागिता जनाउन सक्नेछन ।

प्रतियोगितामा सहभागी हुनका लागि आवेदन खुला गरिसकिएकोले इच्छुक प्रतियोगीले www.missnepalus.com मा नाम दर्ता गर्न सक्ने अध्यक्ष शाहले जानकारी दिनुभयो ।

सन २०११ मा न्यूयोर्कबाट शुरु भएको प्रतियोगिता, सन २०१२ मा वासिङटन डिसी, सन २०१३, २०१४ र २०१५ मा न्युयोक र गत वर्ष टेक्सासमा सम्पन्न भएको थियो ।

प्रतियोगितासम्बन्धी थप जानकारीको लागि आधिकारिक इमेल inf@missnepalus.com वा www.missnepalus.com  मार्फत जानकारी लिन सकिने आयोजकले बताएको छ ।