अध्ययन भिजामा अष्ट्रेलिया गएर कमाइ भएन भन्नु मुर्खता !!

जेष्ठ १७, पोखरा
पछिल्लो समय अष्ट्रेलिया नेपालीको लागि एउटा ड्रिम कन्ट्री बनेको छ । विद्यार्थीहरु अष्ट्रेलिया उच्च शिक्षा अध्यानको लागि जाने फेसन बनेको छ , अझ भन्ने हो भने पोखरा चिप्लेढुंगा या महेन्द्रपुलमा गएर एउटा ढुंगा हाल्ने हो भने अष्ट्रेलिया जान IELTS गरेकै व्यक्तिलाई लाग्छ भन्ने एउटा व्याङ्ग्य पनि मैले सामाजीक संजालमा हेरेको थिए । यसको मतलब यो हो कि जहाँ विदेश जाने सिलसिलामा धेरै विद्यार्थीहरु धाइरहेका छन् । नेपालीहरुमा अष्ट्रेलिया छिरेपछि जिन्दगी बन्छ भन्ने एउटा भ्रम बनेको छ, त्यससँगै आँफुहरु पीडामा परेको भन्दै मिडियामा आउने बिद्यार्थीको शङख्यामा पनि कमि छैन ।

केहि दिन अघि पत्रकार रबि लामिछाने अष्ट्रेलिया पुगेर कार्यक्रम गर्दा त्यहाँ उच्च शिक्षा अध्यानको लागि पुगेका हजारौ बिद्यार्थी पीडामा रहेको रहस्य बाहिरियो । उक्त रहस्यलाई नेपालीहरुले सामाजिक संजालमा विभिन्न टिप्पणी समेत गरेका छन् । पत्रकार रबिले एउटा स्टेज कार्यक्रम सञ्चालन गरिरहेका बेला रबिलाई रातको ११ बजे पछि ट्रेनमा सुतेर रात बिताएका बिद्यार्थीको पीडा बुझन आग्रह गरेका थिए ।

उहाँहरु अष्ट्रेलियामा काम गर्नको लागि होइन पढ्न जानु भएको हो । अष्ट्रेलियामा अध्ययन सकेपछि आफ्नै देशमा फर्किन्छु र केही गर्छु भन्दै आफैले लेखेको कुरा बिर्सेर आज आम मिडियामा आएर कन्सलटेन्सीलाई गालि गर्नु अचम्मको कुरा हो । तपाइहरु आफै पनि विचार गर्न सक्नुहुनेछ एउटा अध्ययन गर्न गएको विद्यार्थीले काम नै पाईदैन, सोचेजस्तो छैन, कम पैसामा काम लगाउछन् भन्दै आरोप लगाउनु कतिको उचित हुन्छ ???

कन्सलटेन्सी हजुरहरुकै सेवाका लागि खोलिएका हुन् । जसलाई आरोप लगाएर मिडियाको माझमा लागि गरेर केहि हुदैन । कुनै पनि कन्सलटेन्सीले हजुरहरुलाई जर्बजस्ती तानेर अष्ट्रेलिया पठाएको छैन।

आफ्नो राम्रो अङ्क नपुग्दा नपुग्दै पनि मलाई जसरी पनि अष्ट्रेलिया जानू छ प्रोसेस गर्दिनु भन्ने हजुरहरु नै हो । जाने बेलामा अध्यान भिजा लगाएर जाने, साथै त्यहा कलेज फि र होस्टेल फि पनि मेरो बाउ ले नेपाल बाट नै कमाएर पठाएर मजाले तिर्दिन सक्छ्न भनेर दायाँ बायाँ सहि गरेर जाने, अनि अहिले चाही दुख पाइयो ,पैसा कमाउन सकिएन ,४० र ५० लाख डुब्यो कन्सलटेन्सीले डुबायो भन्दै बकवास गफ गर्दा अलिकति लाज पनि लाग्नु पर्ने होइन र ? पैसानै कमाउन जाने हो भने कामदार भिजामा जानुपर्ने होइन र ?

गौरव राज बराल Qualified Education Agent Counselor (QEAC), Intellect Education Pvt. का संचालक हुन् ।