विश्व किर्तीमानधारी गोपाललाइ यसरी गरियो गृहनगरमा स्वागत ( फोटोफिचर )

जेष्ठ १७, पोखरा ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर एचआइभी संक्रमित गोपाल श्रेष्ठ शुक्रबार गृहनगर पोखरा फर्किएका छन् । विश्व किर्तीमान बनाएका श्रेष्ठले ८ गते बुधवार विहान ७ः२० वजे सगरमाथाको सफल आरोहरण गरेका थिए ।

फोटो : विरेन्द्र पराजुली

विश्वमै एचआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको उनीनै पहिलो व्यक्ति हुन् । एचआईभी लागेका व्यक्तिहरुलाई भेदभाव गर्ने चलनको अन्त्य गर्ने उद्देश्यले उनको सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भएपनि यसपाली भने उनी सफल भएका हुन् ।

फोटो : विरेन्द्र पराजुली
फोटो : विरेन्द्र पराजुली

२५ वर्षअघि एचआईभी संक्रमण भएका ५६ वर्षीय श्रेष्ठलाई पोखरामा भव्य स्वागत गरिएको छ ।
उनी शुक्रबार विहान ०९ वजे पोखरा विमानस्थल अवतरण गरेका थिए । जहाँ धेरै पोखरेलीहरु उनलाई स्वागत गर्नको लागि प्रतिक्षामा रहेका थिए । उनको आगमन भएपश्चात भव्य रुपले स्वागत र अभिनन्दन गरिएको छ । श्रेष्ठसँगै पोखरा विमास्थलबाट बाइक ¥याली गर्दै पोखरा पृथ्विचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक हुदै लेकसाइड बाट रत्नचोक उनको घरसम्म विशेष बाजा गाजाको साथमा भव्य स्वागत गरिएको छ ।

फोटो : विरेन्द्र पराजुली

उनले यसअघि ‘स्टेप अप क्याम्पियन’ अभियान मार्फत सन् २०१५ मा सगरमाथा पनि चढ्ने प्रयास गरेका थिए । तर त्यतिवेलाको विनाशकारी महाभूकम्पका कारण सफल भएका थिएनन् । यतिबेला भने दुई महिना अघि ओरोहणलाईल लागि पोखराबाट हिडेका उनि सफल आरोहण गरि फर्किएका हुन् । श्रेष्ठले यो जित आफ्नो मात्र नभइ सम्पूर्ण नेपालीको भएको भन्दै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन् ।

फोटो : विरेन्द्र पराजुली

यस सगैँ विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नापेर फर्किएको टोलीका प्रमुख ई. खिमलाल गौतम लाई पनि शुक्रबार गृहनगर पोखरामा भव्य स्वागत गरिएको छ ।

फोटो : विरेन्द्र पराजुली
फोटो : विरेन्द्र पराजुली

फोटो : विरेन्द्र पराजुली