प्रहरी कर्मचारीहरुलाई अत्याधुनिक प्रविधिमैत्री बनाउनुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

जेष्ठ १६, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समयको परिवर्तनसंगै प्रहरी कर्मचारीहरुलाई अत्याधुनिक प्रविधिमैत्री बनाउनुको विकल्प नभएको बताएका छन् ।

जिल्ला प्रहरी कार्याल कास्कीमा नवनिर्मित व्यायामशालाको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रहरी सङगठनले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी अवधारणाले समाज र प्रहरी बीचको खाडललाई पुरेर जनता र प्रहरी एकधारमा हिँड्ने वातारण सृजना भएको उनको भनाई थियो ।

प्रहरी तथा आम नागरिक मिलेर अगाडि बढ्न सके समाजमा परिर्वतन ल्याउन सकिने उनको भनाई थियो । साथै कार्यक्रममा कास्कीमा झन्डै १३ महिना अवधिको कार्यकाल बिताएका प्रहरी उपरीक्षक ओम बहादुर रानालाई बिदाई गरिएको छ ।

कार्यक्रममा रानाले धन्यवाद व्यक्त गर्दै सहयोग गर्ने सबै सरोकारवाला निकायप्रति आभार प्रकट गरेका थिए । समाजको शान्ती सुरक्षा र अमन चयनका तल्लीन रहने प्रहरी कर्मचारीहरु आफ्नो फुर्सदको समयमा शारीरीक व्यायाम गरी तन्दुरुस्त रहुन भन्ने उदेश्यका साथ यायामशालाको निर्माण कार्य सम्पन्न गरिएको हो ।