कास्कीको सिक्लेसमा उदघोषण तालिम सम्पन्न

जेष्ठ १६, पोखरा ।
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा उदघोषण तालिम सम्पन्न भएको छ । मगलबार र बुधाबार भएको उदघोषण कार्यक्रममा बोल्दै मादी गाउँपालिका वडानं १का वडा अध्यक्ष सुरजकुमार गुरुङले बोल्ने कलाले नेतृत्व तथा ब्यक्तित्व विकास हुने बताउनु भएको छ ।

मादीगाउँपालिका वडानं १द्वारा आयोजित उदघोषणकला कार्याक्रममा बोल्दै वडा सदस्य खासामाया गुरुङले महिलाहरुको क्षमता अभिबृद्धिको लागि तालिम प्रभावकारी भएको बताउनु भयो । महिलादिदि बहिनीहरुको उत्साहपुर्ण सहभागीताले आगामी बर्षपनि महिला लक्षित कार्यक्रममा नेतृत्व विकास तथा बोल्ने कला तालिम समावेश गर्ने बताउनु भयो ।

सोही क्षेत्रका ४५ जना महिलाहरुको सहभागिता रहेकोे तालिममा गण्डकी सञ्चार गृह पोखराका पत्रकार घनश्याम पाण्डेयले प्रक्षिशण दिनु भएको थियो । समापन कार्यक्रममा बोल्दै सोही वडाका वडा सदस्य टिकाराम गुरुङले उद्घोषण तालिमले सहभागीहरुलाई सिक्ने भोग जगाएको बताउनु भयो । सिक्लेस पर्यटकीय गाउँपनि भएकोले बोल्नेकला महत्वपुर्ण हुने उहाँको भनाई थियो ।

प्रशिक्षक घनश्याम पाण्डेयले तालिममा सहभागी भएपछि ब्यबहारमै परिवर्तन आउनु पर्नेमा जोड दिनु भयो । पाण्डेयले तालिम लिनु अघि र पछि उस्तै भए तालिमको अर्थ नहुने भन्दै तालिममा सिकेका कुरा ब्यबहारमा उर्तान सहभागीहरुलाई आग्रह गर्नुभयो ।

स्थानीय शिक्षक एवं समाजसेवी गेहेन्द्र गुरुङले तालिममा बोल्ने कला मात्रै नभएर आफ्ना योजना माग गर्ने तरिका पनि सिकेकोले भोलीका दिनमा आफ्ना योजना आफ्नो समुहमा छलाफल गरेर महिला सदस्य खासमाया गुरुङ र रुपा नेपाली मार्फत वडामा पेशगर्नपनि आग्रह गर्नुभयो ।

वडा सदस्य रुपा नेपालीले तालिमबाट प्राप्त ज्ञानलाई आगामीदिनमा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।तालिममा सहभागी प्रतिक्षा गुरुङ र जीत कुमारी नेपालीले आफुहरुले सोचे भन्दापनि धेरै कुरा सिक्न पाएको भन्दै प्रशिक्षक र आयोजक प्रति आभार ब्यक्त गर्नुभयो। आगामीदिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँहरुको जोड थियो ।

तालिममा सहभागी कृष्टि गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रम वडा सदस्य खासमाया गुरुङको अध्यक्षतामा भएको थियो । सहभागी कृष्टि गुरुङले पहिलो पटक तालिम सहभागी भएको र कार्यक्रमपनि निर्धक्क संग सञ्चालन गर्न सकेको भन्दै आगामी दिनमा पनि अबसर पाएको हरेक कार्यक्रममा सञ्चालन गर्ने बताउनु भयो ।