तास खेल्ने ५ जना पक्राउ

पोखरा । कास्की प्रहरीले तास खेल्दै गरेका ५ जनालाई पक्राउ गरेको छ । बुधवार साँझ ६ वजेको समयमा पोखरालेखनाथ महानगरपालिका ३० पावरहाउस स्थित जितबहादुर के.सी.को घरमा जुवा तास खेलिरहेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा घरधनी ६२ वर्षीय जितबहादुर के.सी.,६४ वर्षीय मिनबहादुर के.सी, ५६ को गणेश के.सी., ४६ वर्षीय दामोदर लामिछाने, र ४६ वर्षीय राजेन्द्रप्रसाद तिबारी रहेका छन् ।

उनीहरुको साथबाट ७१ हजार ५५ रुपैयाँ सहित ४ बुक तास समेत बरामत गरेको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment