अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न

१६ जेष्ठ, पोखरा

सामुदायिक प्रहरी सेवा एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा ४ गैह्रापटान स्थित उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम बहादुर रानाले समुदाय विनाको प्रहरीको कल्पना पनि गर्न नसकिने बताएका छन् ।

प्रहरी र नागरीक विचमा नङ र मासुको सम्बन्ध भएमा मात्र समाज सुरक्षीत भई विकृती बिंसंगती न्यूनिकरण गरी सभ्य एवम् समृद्ध समाजको निर्माण हुने र अन्य जिल्लाको भन्दा कास्की जिल्लाका सामुदायिक प्रहरी सेवाकेन्द्र हरु वढी सक्रिय भएर काम गरेको बताउदै यो गरिमालाई थप उचाईमा पुर्या्उन समेत आग्रह गरेका थिए ।

सामुदायिक सेवा एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की कार्यबाहक अध्यक्ष एव कार्यक्रमका सभाध्यक्ष बोधराज कार्कीले प्रहरी र नागरीक विच सहकार्य गरेर मात्र कार्यक्रमहरु फलदायक हुनुका साथै दुरगामी पनि हुने हुनाले समाजलाई समुन्नत बनाउनका लागी हामी नागरिक र प्रहरी एक आर्कामा होस्टेमा हैसै गर्नु पर्ने बताउदै नागरीकहरु शुसुचित भएर नै हाल नेपाल प्रहरीको कार्य उत्कृष्ठ भएको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ, कालिका र हेम्जाको सहकार्यमा भएको अभिभावक प्रशिक्षण कार्यक्रममा कानुन सम्बन्धी व्यावहारीक ज्ञान अधिवक्ता सुरेन्द्र थापा मगरले र मनोबैज्ञानिक परामर्श्विद डा. शुशिल कडेल ज्यू बाट बाल मनोविज्ञान सम्वन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

प्रथम उपाध्यक्ष भिम पराजुलीले स्वागत मन्तव्य गरेको कार्यक्रममा कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ, कालिका र हेम्जाको कार्य समिति ,सल्लाहकार ,आजिवन सदस्य र साधारण सदस्यहरु,कार्यरत प्रहरी कर्मचारीहरु,कास्की जिल्लाका आमा समुहहरु,टोल विकास संस्थाहरु, युवा क्लवहरुका सदस्यहरु ,रिकोभरिङ नेपाल तथा पुनर्थापना केन्द्रहरुका सदस्यहरु , स्पाईरल ग्यालेक्सी बोडिङ स्कुलका शिक्षक,विधार्थीहरु,ब्रामण समाज कास्की ,मगर समाज कास्की , तमुधि नेपाल कास्की ,क्षेत्री समाज कास्की , तामाङ समाज कास्की , विश्व हिन्दु महासंघ कास्की कार्यक्रममा ५१५ जना मानिसहरुको सहभागीता रहेको कार्यक्रममा कार्यक्रमको संचालन संस्थाका महासचिव उत्तम जोशीले गरेका थिए ।