महेन्द्रपुलबाट सेती नदीमा हाम्फालेर एक जना बेपत्ता

जेठ ९,पोखरा ।

बुधबार राती एक व्यक्ति पोखराको महेन्द्रपुलबाट हाम्फालेर बेपत्ता भएका छन्। दुई जना स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले खोजी गरिरहेको छ ।

राती १० बजेतिर हामफालेको खवर आए पश्चात खोजी कार्य सुरु गरेको भए पनि अहिले सम्म केही पत्ता लाग्न नसकेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए।

प्रहरीले आज विहानैदेखि रेस्क्यु टोलि खटाएको छ ।हामफाल्ने ब्यक्ति को हुन् भन्ने अझै पनि केही खुल्न सकेको छैन । हाम्फाल्ने व्यक्ति पुरुष भएको र अन्दाजी ४२ बर्षजस्तो देखिने प्रत्यक्षदर्शीले बताएका छन् ।