पोखराको लेकसाइडमा खुल्यो किंग्स लाउञ्ज

जेष्ठ ०९, पोखरा
किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।

बिहीबार साँझ लाउञ्जको औपचारिक उद्घाटन हुँदैछ । दीपक बज्राचार्य तथा रिदम व्याण्डले उद्घाटनको अवसरमा आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

किंग्स लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले काठमाण्डौंको दरबारमार्गमा लाउञ्जले पाएको सफलताबाट उत्साहित भएर पोखरामा सेवा सुरु गरेको बताए । पोखराबाट किंग्स लाउञ्जले उत्कृष्ट सेवा दिने श्रेष्ठको भनाई थियो । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने श्रेष्ठले बताए ।

संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ ।

हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।

छोटो समयमा आफुलाई देशकै नमूना रेष्टुरेण्ट बनाउन सफल भएको दाबी लाउञ्ज व्यवस्थापनको छ । यही सफलतालाई केन्द्रमा राखेर पोखरासँगै मुलुकका अन्य शहरमा पनि शाखा बिस्तार गर्दै लैजाने लाउञ्जका सञ्चालक ध्रुब केसीले बताए ।

नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफु स्वयमले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने लाउञ्जले ग्राहकहरुलाई घरसम्म निःशुल्क पुर्याई दिने ब्यवस्था पनि मिलाएको छ ।

लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि खुल्ने लाउञ्जले लेटनाइटसम्म सेवा दिने छ ।