रौतहटमा दुुई जनाको हत्या

रौतहट । रौतहटमा दुुई जनाको हत्या भएको छ । सोमवार बिहान जिल्लाको परोहा नगरपालिका वडा नं. ५ जिंगरवा वेलविछवाका नेपाली कांग्रेसका नेता शेख सेराजका छोराको गोली हानी हत्या भएको हो । वडाध्यक्षका पराजित उम्मेदवार सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात समूहले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुुसार सोमबार बिहान करिब ३ः३० बजे आफ्नै घरको बरन्डामा सुतिरहेको समयमा अज्ञात समूहले अक्बरको छातीमा दुुई गोली हानेका थिए । घटनालगतै उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजानेक्रममा बाटोमै मृत्युु भएको हो । घटना राजनीतिक कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएकोे एसपी पोखरेलले बताए । घटनामा संलग्न रहेको आशंकामा दुुईजनालाई नियन्त्रणमा लिएको र थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस अघि कटहरिया नगरपालिका–३ बलुुआ टोलका राजपा नेपालका कार्यकर्ता रामपुुकार यादवको हत्या भएको थियो । स्थानीय तह निर्वाचनको भोलिपल्ट गत असोज ३ गते बलुुआटोलमा चुुनावकै विषयलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता यादवको घटनास्थलमै मृत्युु भएको थियो । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment