ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

२ जेठ, नवलपरासी ।

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका–२ मा ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय सुदीप नेपालीको ज्यान गएको छ ।

ग १ त ५१७४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना हुँदा बौदीकाली–२ का नेपालीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ लगेकोमा स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।