ज्येष्ठ, ०१ पोखरा
ग्रामीण पर्यटन प्रवद्र्धनका निम्ति महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोली बुधबार लमजुङ्गको घलेगाउँका लागि प्रस्थान गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दे ग्रामीण घरबास कार्यक्रमलाई टेवा दिन महिला पर्यटन व्यवसायीहरुको ५० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रस्थान गर्नुपुर्वको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामीछानेले पोखराभन्दा बाहिर पनि पर्यटनस्थलहरुको खोजि गर्दे त्यसलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जवी पौडेलले महिला पर्यटन व्यवसायीहरुको प्रयासको सराहना गर्दे यस्ता गतिविधिहरुलाई बढाउदै लैजानुपर्ने बताए ।
२ दिने कार्यक्रम अन्तरगत टोली पोखरा हुदै लमजुङ्ग घलेगाउँ र भुजुङ्ग गाउँ प्रवद्र्धन गर्ने योजना रहेको मञ्चका अध्यक्ष जमुना पराजुलीले बताए । ‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला सहभागिता’ भन्ने मुल नाराका साथ २ वर्षअघि स्थापित मञ्चमा २ सय ५० महिला पर्यटन व्यवसायीहरु आवद्ध रहेका छन् ।
मञ्चकी सदस्य शारदा भुजेलले संयोजन गरेको कार्यक्रममा पर्यटनसंग सम्बन्धित विभिन्न सस्ंथाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । मञ्चका सचिव उमा भण्डारीले कार्यक्रम संचालन गर्दे उपाध्यक्ष पार्वती पाण्डेले अतिथिहरुको स्वागत गरेकी थिईन् ।