धारावाहिक हाँस्य सिरियल ‘लखरपाँडे गाईज’ को छायाँङ्कन सुरु

जेष्ठ १ पोखरा ।

सम्युक्त फिल्स् प्रा.लि.को व्यानरमा बन्ने धाराबाहिक हाँस्य सिरियल ‘लखरपाँडे गाईज’को छायाँङ्क पोखरामा सुरु भएको छ ।

प्रेम थापाको कथा÷निर्देशन र छायाङ्कन, सुरज लामाको सह निर्देशन रहेको उक्त सिरियलमा मुक्ती अर्याल मुख्य भूमिकामा रहेका छन् भने सुरज लामा, वसन्त थापा, कमल थापा, शेरबहादुर बुढाथोकी, विष्णु भण्डारी, सनबहादुर गुरुङ, प्रेम भुजेल, प्रकृति गुरुङ, संगीता सुनाम, शुस्मिता तामाङ लगाएतको अभिनय रहेको छ ।

संयुक्त फिल्मस्को प्रस्तुति रहेको उक्त सिरियलको श्रीस साउण्ड एण्ड भिडियो ग्राफी डिबि श्रीस मगरको निर्माणमा वन्ने निर्देशक प्रेम थापाले वताए ।

पोखरा वरपरका दृष्य कैद गरिएको विकृति र विसंगती तर्फ उन्मुख युवा पिडिहरुको लाई जनचेतना मुलक सन्देश वोकेको हाँस्य प्रदान धाराबाहिक सिरियन डिबि श्रीस मगर नामको युट्वमा दर्शकहरुले हेर्न सक्ने छन् ।