आफ्नै कीर्तिमान तोड्दै कामीरिताले बनाए “नयाँ रेकर्ड”

१ जेठ, सोलुखुम्बु ।

कामीरिता शेर्पाले आफ्नै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल भएका छन् ।

२२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनले आज विहान विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँपटक पाइला टेकेर कामीरिताले आफ्नै कीर्तिमान तोडेका हुन् ।

उनीपछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाम आउँछ । उनीहरुले समान २१ पटक सगरमाथा चढेका छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले सोलुखुम्बु थामेका शेर्पाले बुधबार हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेको बताए ।