सुन तस्करको आरोपमा थप ५ प्रक्राउ

काठमाण्डौं । दुई साताअघि काठमाडौंबाट बरामद ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सत्यनारायण अग्रलाल, गणेशदत्त गुरुङ, सुगतरत्न शाक्य, नन्दकुमारसहित पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरुमाथि अवैध रुपमा सुन ओसारपसारको आरोप लागेको छ । महाशाखाबाट खटिएको टोलीले गत भदौ तेस्रो साता ८८ किलो सुनसहित एकजनालाई क्षेत्रपाटीबाट भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित पक्राउ गरेको थियो ।

सुनसहित मकवानपुरगढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment