पोखरामा पाचौँ घोडाचढी प्रतियोगा हुने

. बैशाख– १९, पोखरा
पोखरामा पाचौँ घोडाचढी प्रतियोगा हुने भएको छ । माउन्टेनरीङ्ग स्पोर्टस् फेडे«सनन अन्तर्गत नेपाल इक्वोस्ट्रेरियन संघको आयोजना गरेको उक्त प्रतियोगोतीमा महिलाको सहभागितामा प्रथम पटक हुने भएको छ । पर्यटकीय नगरी पोखराको बाराही चोक खेल मैदानमा शुक्रबार अथार्त भोली उक्त प्रतीयोगीता हुने आयोजकले जानकारी दिएको छ ।

प्रधान सेनापती पुर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा संचालन हुने उक्त कार्यक्रममा ५ ओटा इभेन्टहरु हुने आयोजकले जानकारी दिएको छ । जस अन्तर्गत सोजम, हाइजम, टिनपिकिङ्ग, पुमिरेस र महिलाहरुको सिक्स जमबार हुनेछ ।

आयोजकले यसभन्दा अगाडी पनि यस्ता विभिन्न चार ओटा घोडचढी प्रतियोगिता समापन गरेको र यो पाँचौ प्रतियोता रहेको जानकारी दिएको छ । प्रतियोगिता २० जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । उक्त कार्यक्रम समापन गर्न करिब ८ लाख खर्च लाग्ने संस्थाका सह– कोषाध्यक्ष महमत फाजेनले जानकारी दिएका छन् ।