पिपलको स्याउला काट्ने क्रममा करेन्ट लागेर एक पूर्वप्रहरीको मृत्यु

बैशाख १९, बर्दिया

करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ। बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो।

पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए। रासस