सुन भनेर पहेंलो धातु बेच्ने गिरोह पक्राउ 

 पोखरा । कास्की जिल्लाका विभिन्न स्थानहरुमा नक्कली सुन देखाई झुक्यानमा पारी ठगी गर्दे आएका ४ जना गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको छ । नक्कली सुन भनेर ठगि गर्दे आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मजकुर ४ नं प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट सादा पोशाकका प्रहरी परिचालन गरी खोजतलास तथा अनुसन्धान गर्दै जांदा पहेँलो धातु सहित मानिसहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।आईतवार कार्यालयमा कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले पत्रकार सम्मेलन गरि सो जानकारी दिएका हुन् ।

भदौ ३० गते शुक्रबार तनहुँको म्याग्दे गाउँपालिका बडा नं २ बस्ने बर्ष ३९ को रविराज खनाल र  बाग्लुङ बुर्तिबाङ २ हाल ढोरपाटन नगरपालिका २ सलाङकोट बस्ने बर्ष ५० को छमबहादुर खत्री के.सीलाई सुन जस्तो देखिने पहेलो धातु १ किलो ५०० ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तनहुँ म्याग्दे गाउपालिका बडा नं २ बस्ने बर्ष ३९ को रबिराज खनाल र सुराकी दिने ब्यक्तिको बिचमा नक्कली सुन पोखरा ल्याई बेचबिखन गर्ने कुराकानी भएको प्रहरीको दावी छ । अनुसन्धानका क्रममा १६ लाख मूल्य तय भए पश्चात उक्त नक्कली सुन विक्री गर्ने योजना अनुसार रविराज खनाल पोखरा आई बसेको खुल्न आएको बताईएको छ ।

बाग्लुङ बुर्तिबाङ ३ सलाङकोट बस्ने बर्ष ५० को छमबहादुर के.सी संग भेटघाट भई छम नुवाकोट पिपलडाडा ७ बस्ने बर्ष ६५ को राम बहादुर लिम्बुसंग नुवाकोटमा भेटघाट गरी  उक्त सामान विक्रि गरेपछी छमबहादुर के.सीले  ३ लाख  दिने शर्तमा भदौ २९ गते नुवाकोटबाट पोखरा तर्फ पहेँलो धातु ल्याएको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

भदौ ३० कास्कीकोे  पोखरा लेखनाथ महानगरपालिका बडा नं ३२ राधाकृष्णटोलबाट सुन जस्तो पहेलो धातु सहित रविराज खनाल र छमबहादुर के।सी।लाई पक्राउ गरिएको जनाईएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरिएको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । प्रहरीका अनुसार यस भन्दा अगाडि भदौ १९ गते कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ बुढीबजार बस्ने सरस्वती गुरुङले सुन भनेर ठगी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिएपछि यस बारे अनुसन्धान खोजि सुरु गरिएको प्रमुख सिंहले बताए ।
गुरुङ्गले ठगिको आरोपमा जाहेरी दरखास्त दिएपछि अनुसन्धानको सिलसिलामा अभियुक्तहरु लम्जुङ मस्र्याङदी गाउँपालिका वडा नं  ३ घर भएका वर्ष २९ को राजु तामाङ र सुन्दर बजार न.पा. वडा नं.८ बलथुम बस्ने वर्ष ५४ को प्रेम बहादुर परियार दमैलाई सुन जस्तो देखीने पहेलो धातुको मूर्तिलाई सुनको मुर्ति हो भनी सरस्वती गुरुङसंग एक दिनको लागि उक्त मूर्ति राखी पैसा दिनु प¥यो भनी ६ लाख ६५हजार रुपैयाँ लिएको प्रहरी बताउछ ।

रकम असुल गरेपछि परियार सम्पर्कमा नआएकोले पिडित सरस्वती गुरुङले प्रहरी कार्यालयमा दिएको जाहेरी अनुसार प्रहरी टोलीले खोजतलास गर्ने क्रममा राजु तामाङ र प्रेम बहादुर परियार दमैलाई पक्राउ गरी ठगी मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस घटनामा जिल्ला प्रहरी कार्यालय र ४ नं  प्रदेश प्रहरी कार्यालयबाट विशेष सुराकी परिचालन गरी अनुसन्धान गर्दा रबिराज खनाल र छमबहादुर के.सी.समेतको संलग्नता देखिएकोले निजहरुलाई उक्त परिणामको सुन जस्तो पहेलो धातु सहित पक्राउ गरिएको बताईएको छ ।

 पहेँलो धातु भनेर प्रहरीले सार्बजनिक गरेको घटनाको बिषयमा आशंका देखिएको बिषयमा पनि प्रहरी अनुसन्धानको क्रममा भएकाले सार्बजनिक नगरिएको स्पष्ट पारेको छ । पक्राउ पर्ने बित्तीकै घटना बाहिर नआएको भन्दै आलोचना गरिएको थियो । पक्राउ पश्चात तत्काल सार्वजनिक गरिएको अवस्थामा अन्य अभियुक्त फरार हुन सक्ने भन्दै एक दिन गोप्य राखिएको प्रहरी प्रमुख अशोक सिंहले स्पष्ट पारे । आफुहरु अवैध सुन कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा समेत लागि परिरहेको भए पनि अवैध सुन हालसम्म फेला नपारेको उनको भनाई छ ।

Photo:Umesh Pun/citypokhara.com

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment