शुक्रराज माविले २४ लाख लागतमा बस सेवा सुरु

पोखरा, १५ वैशाख
शुक्रराज माविले आफ्नै बस सेवा सुरु गरेको छ । पोखरा महानगरपालिका २२, पुम्दी भुम्दीमा रहेको बिद्यालयमा बिद्यार्थी आकषर्णको लागि विहिबार देखि आफ्नै स्कुलको बस सेवा सुरु गरेको छ ।

बस सेवाको कारण बिद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दो रुपमा रहेकोले बिद्यार्थीको सुविधाको लागि बस सेवा संचालनमा ल्याए बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए । कर छुट सहित उक्त ३७ सिटे टाटा कम्पनीको बस खरिद गर्द करिब २४ लाख खर्च लागेको बिद्यालयले जनाकारी दिएको छ ।

उक्त बस सेवा संचालनको लागि तत्काल बिद्यालयले ब्याबस्थापन गरे पनि भुपु बिद्यार्थी मञ्चले यसको आर्थिक सहयोग गर्ने भएको मञ्चका अध्यक्ष बालकृष्ण बरालले बताए । बिद्यालयले हालै सम्पन्न भएको स्वर्ण महोत्सवबाट बचत भएको करिब १० लाख र बाँकी बिद्यालयको आन्तरिक श्रोतबाट तत्तकाललाई बस खरिदमा लगानी भएको बिद्यालयले जनाएको छ ।

हाल बिद्यार्थीहरुलाई निःशुल्क रुपमा यातायात सेवा संचालन गरेको बताएका प्राचार्य बरालले केही समय पछि बिद्यार्थीसंग न्यूनतम शुल्क लिने, बाँकी आर्थिक यातायातको भार दाताबाट जोहो गर्ने जनाए ।

उनका अनुसार पहिलो चरणमा पोखराको मुख्य बजार पृथ्बीचोक देखि पार्दी, छोरेपाटन, पोखरा भ्यूप्वाइट, डुलिबिडि, तिलाहार हुदै स्कुलसम्मको सेवा सुरु भएको छ । बिद्यालयमा प्राविधिक धारको बिषय पशु बिज्ञान संचालन हुदै आएको छ ।

बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद राम्जी बराल जिवनले सामुदायिक बिद्यालयमा पुरानै ढंगले संचालन गर्दा बिद्यार्थीहरुको आकषर्ण घट्दो रुपमा रहेकोले बिद्यालयले जेनतेन गरी आफ्नै स्कुल बस सेवा संचालन गरेको बताए । उनले आधुनिक शिक्षा प्रदान गर्न हरेक बिद्यार्थीलाई ल्याप्टप आवश्यक भएको बताए ।

यसै बिच विहिबार उक्त नयाँ बसलाई पुजा गरी सांसद बरालले औपचारिक बस सेवाको उद्घाटन समेत गरेकाछन्।