लायन्स गभर्नरमा इन्दु लम्साल चयन

बैशाख १५, पोखरा ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा शुक्रबार र शनिबार पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट २०१९र२० का लागि इन्दु लम्साल चयन भएकी छन् ।

त्यस्तै प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका चयन भएका छन् भने द्वितीय भाइस गभर्नरमा विशेश्वर आचार्य विजयी भएका छन् । प्रतिस्पर्धी ध्रुव श्रेष्ठलाई पछाडि पार्दै आचार्य विजयी भएका हुन् ।

नवनिर्वाचित गभर्नर इन्दुु लम्सालले क्याविनेट सेक्रेटरी सहित केही महत्वपूर्ण पदमा नियुक्ति गरेकी छन् । लम्सालले क्याविनेट सेक्रेटरीमा विनोद ढुंगानालाई नियुक्त गरेकी छन् ।

ट्रेजररमा भीम लाल पौडेल, चिफ एडभाइजरमा महेन्द्र पौडेल, पब्लिक रिलेसन अफिसर इन चिफमा रामचन्द्र पोखरेल तथा डिष्ट्रिक्ट एडमिनिटे«टरमा उदय कुमार नेपाललाई नियुक्त गरिन् । सबैको साथबाट लायन वर्ष २०१९र२० लाई उत्कृष्ट बनाउने उनको प्रतिबद्धता छ ।