ओलीले प्रधानमन्त्री बन्न सघाएकालाई लात हानेर सडकमा पु¥याइदिए : माधवकुमार नेपाल

Makune

बैशाख ६, काठमाण्डौ,

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपि शर्मा ओलि पतन भएर जाने दाबि गर्नुभएको छ । ओलिले प्रधानमन्त्री बनाउन जसले भ¥याङ चढाए उसैलाई लात हानेर सडकमा पु¥याइदिएको नेता नेपालले बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीले केही खास मान्छेहरूलाई किनेर भजनमण्डली बनाएको पनि आरोप लगाउनुभएको छ ।

उहाँले ओलीमा हिटलर प्रवृति रहेको भन्दै आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने बताउनुभयो ।