ओलम्पिक खेल रद्द हुनुपर्छ : जापानि नेता तोशिहिरो निकाई

neta nekai

बैशाख २, एजेन्सी,


जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताउनु भएको छ ।
तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनु भएको छ भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने बताउनु भएको छ ।


एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिनेक्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताउनुभयो । टोकियो ओलम्पिक खेल हुन मात्र केहि दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो ।
जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताउनुभयो ।