२४ घण्टामा ६०३ जनामा कोरोना सङ्क्रमण पुष्टी,

hlth 1

बैशाख १, कास्की

पछिल्लो २४ घण्टामा नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधवार कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकाका मात्रै दुई सय ५४ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २९ जना निको भएका छन् । अहिले नेपालमा चार हजार ५६ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ८० जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैबिच
बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलिरहेको सरकारी विज्ञले बताएका छन्। इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा यस्तो बताउनुभएको हो ।

उहाका अनुसार यो भाइरस बढि ३१ वर्षदेखि ४० वर्षका व्यक्तिलाई देखिएको छ । ‘यो भेरियन्ट चौतर्फि फैलिरहेको संक्रमणदरले देखाएको उहाको भनाई छ ।