नयाँ वर्ष २०७८ को शुभकामना : नयाँ र उमङ्गमय होस् नयाँ वर्ष

new year

बैशाख १, कास्की,

आजदेखि विक्रम संवत् २०७८ साल सुरु भएको छ । नयाँवर्षको पहिलो दिन देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले हर्षाेल्लासका साथ शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन रहेकाले आजकोदिनलाई बैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति पनि भनिन्छ । आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण गएको वर्ष जस्तै यसपालि पनि सरकारले घरभित्रै रहेर नयाँ वर्ष मनाउन आग्रह गरेको छ । नयाँ वर्षका अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्ष आरम्भका बेला मेष राशिमा सूर्यः, मेष राशिमै चन्द्रमा र कुम्भ राशिमा वृहस्पति रहने राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । वि.सं. हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्यमास अनुसारको पात्रो नेपालमा प्रयोग गरिन्छ । यो ग्रेगोरियन आर्थात अङ्ग्र्रेजी पात्रो भन्दा ५७ वर्ष आठ महिना १५ दिन छिटो रहेको छ । भारत वर्षमा राजा विक्रमादित्यले शुरुआत गरेको विक्रम संवत् नेपालमा आधिकारिकरूपमा चन्द्रशम्शेरको पालादेखि लागू भएको हो ।

यसैबिच कास्कीको पोखराबाट सञ्चालित पोखरासमाचार डट कम पनि तपाईँको जिन्दगीमा नयाँ वर्षले खुसि र उमङ्गको नविनता प्रदान गरोस् भन्ने शुभकामना दिन चाहान्छौँ ।