आज र भोली पोखराका केहि ठाउँमा विद्युत्त आपुर्ति बन्द रहने

dccs-pokhara-notice

चैत १३, पोखरा,


आज र भोली पोखराका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको छ । विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्रका अनुसार बिरौटा फेवा नहरदेखि छोरेपाटन पेट्रोल पम्पसम्मको सडक किनारमा रहेका विद्युतिय संरचना स्थानान्तरणका लागि आपुर्ति बन्द गर्न लागिएको हो ।

पोखरा वितरण केन्द्रको फेवा फिडर अन्तर्गतको वडा नं १७ कार्यालय, जागृती टोल, बराल फिड, शितल चौतारी लगायतका क्षेत्रमा आज र भोली दिउसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने छ ।