अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बेच्न नपाईने

aausadhi bewasta bivag

चैत १२, कास्की,


अब अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्न नपाइने भएको छ । सामाजिक सञ्जालमा फार्मेसी सेवाका नाममा गैरकानुनी रुपमा भइरहेको औषधि बिक्री÷वितरण तत्काल बन्द गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको हो ।
विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको गलत विज्ञापन गर्न नहुने कानुनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न भनेको हो । निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने विभागले चेतावनी दिएको छ ।
अनलाइन फार्मेसीबाट औषधि खरिद नगर्न र नगराउन विभागले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्लो समय अनलाइन फार्मेसीका नाममा छुट÷सुविधा उल्लेख गरेर औषधिको गैरकानुनी बिक्री वितरण भइरहेको विभागले जनाएको छ ।