नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीव

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । महासंघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी भएका हुन् ।


८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत मत कोईरालाको पक्षमा परेको हो भने र अर्का उम्मेदवार हरिओम शर्मा लामिछानेको पक्षमा २६ प्रतिशत मत आएको छ ।
यस्तै, जिल्ला–नगर उपाध्यक्षमा ओम प्रसाद पौडेल, उपाध्यक्षमा एशोसिएट र बस्तुगतमा मोति प्रसाद पौडेल, कोषाध्यक्षमा श्रवण कुमार जोशी, सदस्यहरुमा जिल्ला–नगरबाट लिलाबहादुर अधिकारी, धर्मराज बस्याल, मंगल प्रसाद श्रेष्ठ, उतमकुमार कर्माचार्य, युवराज राजभण्डारी, एशोसियट सदस्यमा सुर्यबहादुर भुजेल चयन भएका छन् । अध्यक्ष बाहेक अन्य सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।