खेलकुद मन्त्री जगत विश्वकर्माकाे जन्मस्थान रहेको पाे.मा.न.पा. वडा नं १९ मा पानीको हाहाकार ।

पोखरा महानगरपालिका वडा नं १९ घार्मीका स्थानिय बासिन्दाले खानेपानीको अभाव वर्षौं देखि झेल्दै अाइरहेका छन । लामोसमय देखी खानेपानी अभावमा बाँचिरहेका ५० घरधुरी परिवार अहिलेपनि उहीँ पहिलेकै अवस्थामा छन् ।

राज्यको पुर्नसंरचनापछिको निर्वाचनमा जनताका आवश्यकता पुरा गरिदिने जनप्रतिनिधिको आशामा भोट हालेका स्थानीय बासिन्दाले अाफ्नै ठाउकाे मन्त्री र अाफ्नै गाँउकाे वडाअध्यक्ष र अध्यक्ष स्वयम् खाने पानीको अध्यक्ष भइरहँदा पनि पहिले र अहिले कुनै भिन्नता नभएको स्थानीयले गुनासो गर्छन् ।

पोखरा महानगरपालिका भएपनि चरम खानेपानी अभावले बाँचिरहनु परेको एक स्थानिय बासिन्दा माधव पौडेल बताउँछन् ।

७८ वर्षिय स्थानिय बृद्ध लोकनाथ पौेडेलले चुनावमा आफुहरुलाई एक घर एक धाराको सपना बाँडेपनि अझै कुवाको पानी बोकेर सास धान्नु परेकाे बाध्यता रहेको सुनाउँछन् ।

खेलकुद मन्त्री जगत विश्वकर्माकाे जन्मस्थान रहेको वडा नं १९ का स्थानियले अझैपनि खानेपानीको चरम अभावमा बाँचिरहेका छन ।