नेपालमा कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ।

असार ३०, नेपालमा अाज मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण भएको छ । याे सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना निकाे भई डिस्चार्ज भएका छन् याे सँगै आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ भने नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ३८ पुगेकाे छ ।

पोखरामा हाल सम्म ७२ जानामा कोरोना देखिएको छ भने त्यस मध्ये ३६ जना निकाे भएका छन भने कास्कीमा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ ।

गण्डकी प्रदेशमा ३ सय २८ जना आइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या १२ सय ३ पुगेको छ । जसमध्ये ८ सय ७५ जना निको भएका छन् भने ४ जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन ।

नेपालमा अहिले सम्मकाे डाटा हेर्दा कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको देखिएकाे छ।