८ हजार ४ सय ४२ जनाले जिते काेराेनालाई।

असार २७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७० जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिँद १६ हजार ७ सय १९ पुगेको जानकारी दिएका हुन् ।

उनले पछिल्लो चौबीस घण्टामा ३ हजार ६ सय ४८ जनाको कोभिड–१९ को परीक्षण गरिएको भन्दै कूल २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको बताए ।

यस्तै कूल ८ हजार ४ सय ४२ जना संक्रमित निको भई घर फर्केको भन्दै गौतमले हाल आइसोलेसनमा रहेका बिरामीको संख्या ८ हजार २ सय ३९ जना र क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित तीन पुरुषको निधन भएको पुष्टि गरेको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कोरोना संक्रमित तीन जना पुरुषको निधन भएको पुष्टि गरेका हुन् ।

उनले काठमाडौं जिल्ला वडा नं. १० शंखमूल ठेगाना भएका वर्ष ६० का एक पुरुषको असार २६ गते निधन भएको बताए । ती पुरुष फोक्सोमा पानी जमेको र मृगौलामा समस्या देखिएर असार १६ गते पाटन अस्पतालमा भर्ना भएको साथै १७ गते गरिएको कोरोना परीक्षण नजिता कोरोना पुष्टि भएको बताए ।

यस्तै सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी वडा नं. ६ ठेगाना भएका वर्ष ४५ को एक पुरुष असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको भन्दै उनको असार २२ गते कोरोना पुष्टि भएका ती पुरुषको असार २५ गते निधन भएको बताए ।

यसैगरी प्रवक्ता गौतमले काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ४ घर भएका ५४ वर्षीय पुरुषको असार २५ गते उपचारको क्रममा निधन भएको बताए । ती पुरुष मृगौला र श्वासप्रश्वासका समेत बिरामी रहेको बताए ।

उनले काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको उनको असार ३१ गते स्वाव परीक्षण गर्दा पुष्टि भएको जानकारी दिए ।