शनिबार भप २ सय ३२ जना कोरोना संक्रमित ।

असार २०, पछिल्लो २४ घण्टामा देशभर २ सय ३२  जना  कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा चार हजार ५० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ गौतमले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शनिबार २ सय ३२ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको हो। हिजो शुक्रबार देशभर ७ सय ४० जना संक्रमित थपिएका थिए।