तराई हदै पहाडी जिल्लामा पनि पुगे सलह किरा ।

असार १३, दक्षिणबाट उत्तरतर्फ बहेकाे हावाका कारण भारतबाट नेपालमा छिरेको सलहको समूह तराईभाग जिल्लाबाट विस्तारै पहाडतिर पुगिसकेका छन ।

शनिबार दिउँसो तराई-मधेसका बारा, पर्सा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा देखिएको सलह कीराको समूह अपरान्हपछि पहाडतिर पनि पुगेका छन्। 

सलह कीराको नियन्त्रणका उपाय १. हुललाई तितरबितर पार्ने आगो बाल्ने, धुवा उडाउने आदि।

२. प्राकृतिक सिकारीको प्रयोग- हाँस,कुखुरा, माकुरा, छेपारो आदि

हाँसले प्रतिदिन २०० जतिको सङ्ख्यामा यस्ता कीरा अाफ्नाे अाहारकाे रुपमा खान्छ ।

३. ध्वनिको प्रयोग गर्ने ( थाल ठटाउने, स्पिकर बजाउने आदि)

४. प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने।

५. कीटनाशकको प्रयोग, जैविक समेराटाईजियम ,रसायनिक मालाथिन,फेनिट्रोथिन,डाईजिनन र फिप्रोनिल,बोरिक एसिड आदि।

६. लसुन र पानीको घोल बनाएर छर्किनाले यसको केही मात्रमा नियन्त्रण गर्न सकिन्छ।