नेपालमा अाज सम्म २ हजार ६ सय ९८ जनाले काराेनालाई जितेर डिस्चार्ज भएका छन् ।

असार १२, पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए सँगै नेपालमा कुल संक्रमितकाे संख्या ११ हजार ७ सय ५५ पुगेको छ भने २ हजार ६ सय ९८ जना डिस्चार्ज भएका छन् ।

दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्व गौतमले जानकारी दिए । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्यायकि ति बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको कोरोना परीक्षण गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भेटियो भने गण्डकी प्रदेशमा ३५ जना थपिएका छन् । पाल्पाका ७६ जना, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५/२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२/१२ र सुनसरीका १० जना, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६/६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४/४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३/३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।