नवलपुरमा मात्रै संक्रमण पुष्टि हुनेको संख्या २ सय १० पुग्याे ।

खगेन्द्र पराजुली, १२ असार, नवलपुर । 


नवलपुरमा हिजो बिहीवार २६ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमण पुष्टि हुनेको संख्या २ सय १० पुगेको छ । 


पोखरा प्रयोगशालामा भएको परिक्षणमा बिनयी–त्रिबेणीका ५ जनामा र भरतपुरमा भएको परिक्षणमा कावासोतीका १४ र गैडाकोटका ७ जनामा सक्रमण देखिएको छुट्टाछुट्टै आधिकारीक स्रोतलाई उधृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 
बिहीबार राती प्राप्त भरतपुरको रिपोर्टमा कावासोतीका ३ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो । 
कावासोती वडा नम्वर १ का ३५ बर्षकी एक महिला तथा ३०, ३३, ३० र बर्षका ३ जना पुरुष गरी  ४ जना, कावासोती ३ का २५ बर्षकी एक महिला तथा १८, र २९ बर्षका २ जना पुरुष गरी ३ जना, कावासोती ८ का ५८ बर्षका १ जना पुरुष, कावासोती १६ का ३७ बर्षकी एक महिला तथा २४, २२ र २४ बर्षका ३ पुरुष सहित ४ जना गरी १४ जनामा संक्रमण देखिएको छ । 
यस्तै, गैंडाकोट १ का ५३ बर्षका पुरुष, गैंडाकोट ५ का ५२ र २५ बर्षका २ जना पुरुष  र  गैंडाकोट १३ का ३४, २३, ३५ र ५२ बर्षक ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । 
यस्तै यसअघि पोखराबाट प्राप्त रिपोर्ट अनुसार बिनयी त्रिबेणीका १ महिला र ४ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भईसकेको थियो ।
नवलपुरमा आज संक्रमण पुष्टि भएकाहरु समेत क्वारेन्टाईनमा बसेकाहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 
यस्तै, नवलपुरका २ सय १० जना संक्रमितमध्ये १४ जना डिस्चार्ज भएका छन् ।