गण्डकी प्रदेशमा सोमबार ७३ जनामा कोरोना संक्रमण, पोखरामा थप एक जना ।

असार ८, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७३ जनाामा कोरोना संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ५ सय ९३ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्याङ्क अनुसार तनहुँको विभिन्न गाउँपालिकामा एक महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा ९ जना, बागलुङमा ८ जना, गोखरामा ११ जना, लमजुङमा ५ जना, पर्वतमा १ जना, नवलपुरमा १ जना र पोखरामा १ जना गरि गण्डकीमा ८ जिल्लामा कोरोना देखिएको हो । लमजुङको बेसिसहरकी २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ भने पोखरामा संक्रमित हुने ४५ वर्षीय पुरुष छन् ।

गण्डकी प्रदेशको प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।