गण्डकी प्रदेशमा एकै दिन १ सय ८ जनामा कोरोना, मुस्ताङ पनि प्रभावित ।

असार ६, गण्डकी प्रदेशमा एकै दिन थप १ सय ८ जना कोरोना संक्रमित थपिए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ४ सय ८८ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी पोखराको शनिबार बिहान ६ बजेको तथ्याङक अनुसार ५८ जना र साझँ दिएको तथ्याङकमा ५० जना कोरोना संक्रमित थपिएका हुन् । शनिबार बागलुङमा ३७ जना, तनहुँमा २७, नवलपुरमा ३४, गोरखामा ५, कास्कीमा २, म्याग्दी, मुस्ताङ र स्याङ्जामा १/१ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा शनिबार सम्म निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ । शनिबार गोरखाको ८ जना र म्याग्दीका २ जनाले कोरोना जिते र घर फर्किएका छन् ।