११ शव सहित, १ हजार १ सय नेपाली शनिबार नेपाल आइपुगे ।

असार ६, काठमाडौं / लकडाउनका कारण विदेशमा अलपत्र १ हजार १ सय ८६  नेपाली नागरिकसहित ११ शव शनिबार नेपाल ल्याइएका छन्। शनिबार पाँच स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीद्वारा विदेशमा रहेका नेपाली नागरिकको उद्बार गरिएको हो।

कोरियन एयरलाइन्सले कोरियामा भिसा सकिएका र विभिन्‍न समयमा जेलमा परेका २ सय २८ नेपाली नागरिकको उद्बार गरेर ल्याएको छ। जजिरा एअरमार्फत कुवेतमा रहेका १ सय ५० नेपालीको उद्बार गरिएको छ। हिमालयन एयरलाइन्सबाट १ सय ५५ जना, नेपाल एयरलायन्सको विमानबाट जापानबाट ३ बच्चासहित २ सय ३६ जना, नेपाल एयरलायन्सबाटै २ सय ४५ नागरिक र ११ वटा शव, एयर अरेबियाको जहाजमार्फत युएईबाट १ बच्चासहित १ सय ६८ जनाको उद्बार गरिएको छ।

नेपालबाट आजै ८ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भरेका छन्। मलेसियाको लागि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स ४ जना हवाई यात्रु लिएर बंगलादेश, दोहाका लागि कतार एयरलाइन्स २ सय ८६ र १४ बच्चा,२ सय ३३ नागरिक लिएर कोरियन एयरलाइन्स, साउदीको लागि नेपाल एयरलाइन्स, कतारको लागि नेपाल एयरलाइन्स,जजिरा एयर कुवेत, एयर अरेबिया जहाज प्रस्थान गरेको हो।

त्यसैगरी, ३ वटा जहाजले आन्तरिक उडान भरेका छन्। बिरामी लिन भैरहवाको लागि दिउँसो सिम्रिक एयरको जहाज  उडेको थियो,१४ यात्रु लिएर सीता एयर सिमीकोट, २ यात्रु लिएर मनाङ एयर सुर्के गएको थियो।

thahakhabar