१९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ६ सय ३ पुगेकाे छ ।

जेष्ठ ११,

आज एकैदिन १९ जनामा पुष्टि भएसँगै संक्रमितकाे संख्या ६ सय ३ पुगेकाे छ । मन्त्रालयका अनुसार । हालसम्म ५ सय २४ पुरुष र ७९ महिला संक्रमित रहेका छन । कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरी निको हुनेका संख्या ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गरेकाे नियमित प्रेस बक्तब्यमा आज आईतवार १९ जनामा संक्रमित पुष्टि गर्नुभयो छ । योसँगै नेपालमा कुल संक्रमित ६ सय ३ पुगेका छन् ।

आज नयाँ जिल्ला नुवाकोटका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । आज संक्रमित पुष्टि हुनेमा मोरङका १, बाराका २ जना, पर्साका २ जना, रौतहटका १ जना, सर्लाहीका १ जना, रुपन्देहीका ६ जना, काठमाण्डौका १ जना, कपिलबस्तुका ३ जना र गुल्मीका १ जना रहेको छन् ।

आज संक्रमण देखिएकाको परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना र नारायणी अस्पताल बिरगञ्वबाट ७ जना गरी १७ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।