नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुग्याे ।

जेष्ठ १०, स्वास्थ्य तथा जनसंख्या मज्त्रालयले सार्वजनिक गरेको आजको तथ्याङक अद्यावधिकमा थप ३२ जनामा संक्रमण पुष्टि भएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेकाे छ । मन्त्रालयका सह-प्रबक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज ५ जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु बाणगंगाका १ महिला र ७ पुरुष गरी ८ जनामा, सर्लाहीको गौडेता कबिलासीका १३ जना पुरुषमा, बाराको करैयामाईका १ जना महिलामा र काठमाण्डौका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

भैरहवाको प्रादेशिक प्रयोगशालामा भएकाे परिक्षणमा रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

भरतपुर प्रयोगशालामा भएको परिक्षणमा चितवन भरपुर ६ का ५२ बर्षका एक पुरुष संक्रमित भएका छन् ।