प्रजातन्त्र देखी हकतन्त्र सम्म।।

बैशाख ३१, अमृत भण्डारी

संघर्श अवधी पस्चात ल्याएको प्रजातन्त्र,
बुझ अबुझ समस्तले सोचे यहि हो स्वतन्त्र।
मानव हक आधिकारकै थियो छिनो फानो,
यसमा नहुने कोही नाता न रगत ठुलो सानो।
प्रजा प्रणीत होइन राजा परित्यक्तको कहर,
निरंकुश निशाना पारी बनिदैथे अजिव शहर।

राजा एक्कल बिरुद्द असंख्य जन्ताका भार,
प्रजाका तन्त्र अनुसार सासन चुनिने आधार।
शक्ति बिखण्डको बिकराल जागृत लालच,
बन्द हडताल भुख हत्याले निम्त्याको हालत।
स्रम सम्पत्ति शक्ति सत्ता उपभोगको योजना,
एक्काधिकार प्राप्त नगरी हुदैन सम राज्योन।

जनहरुले चल्ने शहर किन राज सत्ताको रहर,
कुवाको भ्यागुते जिवन सधै डोरौन अर्का भर।
उच्च बिचारले नगरी समाजमा डटेर अभ्यास,
एउटा निरंकुश दोषी अर्कोमा भरपर प्रयास।
अन्योल पर्यौ हामी घुमी फेरी त्यही रुमजटार,
एउटालाई राज्य भोग निंघल्न जन्तापो हत्यार।

बिदान अध्ययन गर्नु, उपभोक्ताको स्वधिकार,
बुझ्छौ कस्को लागी भयो सम्पुर्ण बिदी साकार।
राजपाठ मौखिकले चले आज दाबी अक्षारंक,
फरक केही पाउदैनौ मुद्दा-मामिलाका त्यही रंग।
दण्ड सुबिदा निर्णय कसले के पाउछ बनाउछ,
सजायको उपभोगी हौ सुबिधा कर्णमा रुचाउछ।

निमुखा निरपराधीका माध्यम सबै युद्द सासन हरे,
अवास्तविक आस्वासन दिई ज्यान जोखिम पारे।
स्रम बन्चित नारा जुलुस उक्साई प्रजा अगाडी बडे,
तन्त्र जोडी परिभाषा सन्तुष्ट प्रजातन्त्र ल्याई छाडे।
समाजवाद,पुँजीवाद,साम्यवाद औदैछन् अपवाद,
वादका कारण आहुती दिन तम्से सबै जातपात।

धर्म,जात,दरिद्रत्व र अतितसँग खेल्न छ सहज,
यती सैद्दान्तिक भए राजनितीमा बहन्छ जहाज।
परम्परा परिपाठी नत्यागी सापेक्षित सम्मानता,
सबैको इछ्या बिपरित रहे प्रजातन्त्रनै बिप्पनता।
मानुस्यको सहरमा हुदो रहेछ नंग मासुको नाता,
जातको अंत्य नभए मानव विकास सधै लापता।

कहिले सम्म जम्मा गरी भन्छौ एक मुष्ठ अजात,
भोली इतिहास खनन् गरी जुध्छ अर्को म प्रजात।
अवरोधी नबनौ समाज देखाई जातिय र आबाद,
मनोबिज्ञान अध्ययन गर हुन सबै मानविय बिवाद।
उन्मत्त,अहंकार,लोभ हो उत्थान भनी सत्ताको भोक,
मानिस भाग बंडा गर्ने धर्म संस्कृती दुराग्रहको रोग।