ईन्फोडेमिक पेनडेमिकका(Pandemic)साथै ईन्फोडेमिक(Infodemic) लड़ाई अझै जारी छ।

बैशाख ३१, कोरोनाको महामारी साथसाथै ईन्फोडेमिकका सिकार पनी परिआएका छौ। हुन त यो नौलो कुरो होईन। अन्य बिषयहरुमा दृष्टिकोण अनुसार बोल्न लेख्न पाएको हुदा गलत सही “नज़रअंदाज़”भनी अधिकारको उपभोग गरिआएका थियौ।हामीसँग सांस्कृतिक मनोवृत्ति छ कि “हरेकलाई आफ्नो रायको अधिकार छ र एक अरुको विचारलाई सम्मान गर्नुपर्दछ”।यो “परिकल्पना” सत्य नभएसम्म राय सम्मान गर्न आवश्यक छैन।कुनै पनी ठोस हात नआए सम्म र साँची मात्रै बनाई त्यस्लाई दुबिद्दा या संख्खाको घेरामा राख्न नै बिचारको अनुमति होला। परिकल्पनालाई नंग्न स्पर्श गर्न तब मज्जा आउछ जब कसिंगर पुर्ण हटाई शुद्दताको पर्दा फास हुन्छ।यहा परिकल्पना भनी उसृंग्ल,कहिले काही स्वतन्त्र पनी गती छाडाको संज्ञ पुग्न जान्छ।मैले गति छाडा केवल शब्दलाई भन्या हेईन मिठा भावनानात्मक गिडगिड्हावट जुन कल्पित र ठोस निर्हित छ त्यसलाई पनी भनेको हो र प्रसंग्गवस उसृंगल पनी सही जगा भाव उनमत्तको बेला अर्थ पुर्ण पनी हुन्छ।केही पत्रकार र केही लेखक जो ठोस बेगर सभ्य ढंग्गमा साहित्यिक बलत्कार गर्दै आईराछन्। बलत्कारीका लागी होस चाहे प्रेमीका लागी सम्भोग पनी त दृष्टिकोण नै हो।ईन्फोडेमिक पनी यस्तै संस्कारका बिकशित रमलिएको अभ्यास हो।शत्ता प्रदर्शनी होस, चाहे बिभाजन जातीयबाद,कसैलाई ध्यानाकर्षण गरौनुहोस या गलत पक्राउ नहुन ध्यान हटाउनु होस,कसैलाई तुच्छ देखौन होस या आफु सक्रिय भई बिषेश जिम्मेवारवान ब्यक्त गर्नु होस,यस्ता झुटको ख्याती प्रदर्शनीका खातिर ईन्फोडेमिकले एक दमै सकृय ब्यापार गरिएको देखिन्छ।

बिशेष राजनैतिक बर्ग,संचार माध्यामका जती पनी साधन र केही शैक्षिक आश्वासनको बनाओटले गर्दा र हाम्रो दिल्चस्पी र मनोरंजन पनी यसैमा भएकोले गुजारा गर्ने बहाना नै बनाएका छौ।अहिले हालसालको महामारीमा,केही उच्च भनौदा ब्यापारिक राज्नैतिज्ञ डोनाल्ड ट्रमको भनाई अनुसार कोरोना भाइरस चिनबाट रचिएको सड्यन्त्र हो यानी भाईरस कृत्रिम हो र जैविक हत्यार हो बन्ने बिषयले अहिले सम्म सनसनी मचाई रहेको छ।हुन त ती बैज्ञानिक होईनन् तर बडा देशका राष्ट्रपति।राष्ट्रपति ट्रम्पले मात्रै केवल यस कथा सुनेका होईनन्। बिश्वभरी राजनैतिक, इन्टरनेट सिद्धान्त, बुद्धिमत्ता विश्लेषकहरू र विश्वव्यापी जनस्वास्थ्य अधिकारीहरू पनी एउटा ठूलो प्रश्नसँग असन्तुष्ट छन्: के सम्भव छ कि नयाँ कोरोनाभाइरस – जसमा कोभिड १९ असरहरु देखिन्छन् – चिनको प्रयोगशालाबाट चुहावट भयो?सबै पत्रपत्रिकामा चिनको भाईरस भनी प्रचार भई जातियबादलाई प्रोतशाहानाभुती बडाईदिए।यती मात्रै होईन बिस्तारै सम्पुर्ण एसियाकै भाईरस भनी पनी प्रचार गरियो। न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा(New England Journal of Medicine) प्रकाशित एउटा अध्ययनले पत्ता लगायो कि पहिलो ४२५ बिरामीहरू मध्ये ४५प्रतिशतले “वुहान” चीनका बजारमा सम्पर्क राखेका थिए। द ल्यान्सेट पत्रिकामा (The lancet) प्रकाशित एक अलग,जनवरी २ को विश्लेषणले पत्ता लगायो कि पहिलो चार मुद्दा मध्ये तीन – पहिलो ज्ञात केस सहित “वुहान” बजारको सम्पर्कमा थिएनन्।जर्जटाउन विश्वविद्यालयका (Georgetown University) महामारी विशेषज्ञ डेनियल आर लूसी भन्छन्: “मेरो विचारमा यो भाइरस बजारबाट बाहिर आउनु अघि नै बजारमा आयो।” भाईरसको बैज्ञानिक नाऊ छदाछदै नाऊ काटी भौगोलिक तवरमा राख्ने हुनाले पनी राज्नैतिक समाजिक दृष्टिकोणले मनोबैज्ञानिक ढंग्गमा जातियबादलाई अनुसरण गर्न पुगे।

यस किसिमको आरोप यानी प्रश्न या जिज्ञ्यासा नै निरार्थ हो किनकी; हो या होईन नै जन कल्याणकारी छैन।यो प्रश्न बैज्ञानिक बाट आएको होईन, अन्तराष्ट्रीय राज्नैतिक शक्तिको प्रदर्शनी हो जुन धार प्रयोग हुने अचाना हामी हौ।अहिले हालसालकै बिषयलाई लिउ न हामी के पढ्छौ? र त्यस पस्चात के प्रश्न सोच्छौ? अनी के उत्तर चाहान्छौ?कल्पनाले सँचारको लागी बजार ब्यवस्थापन गरी सक्छ।न त प्रश्न हाम्रो न त त्यस प्रस्नको हल हाम्रो।अब प्रश्न अहिलेको समस्या अनुसार बिज्ञान फाँटले उत्तर खोज्ने जिम्मा लिएको छ भने किन राज्नैतिक या समाजिक तवरमा गरेको बिशेलेषण खोज्ने या टाउको दुखाउने?जब सम्म खुद बिज्ञानको छानबिन र परिणाम नआउन्जेल अन्य बिषयका बिद्द नै भए पनी निराधार बोल्छन् भने र संकोच नमानी सुनिदिने र लजिक लगाई उफ्रिने ईन्फोडेमिक बजारका मिथ्यबिज्ञ बन्छन्। यहा जसरी झुटको खेती गरी हामीलाई हत्यार बनाईरहेका छन् त्यही झुटलाई साबित गर्न फेरी केही,कहिले नहुर्कने मंद मान्सिकताका कृत्रिम बिद्द न्यायाधीश प्रचारक छन्।लेख्दा कम्सेकम कुनै प्रतिष्ठित बैज्ञानिक या बैज्ञानिक संस्थाको दर्जा खुलाएर मनत्बय पोखेको भए पनी गल्ती स्विकार्य हुने थियो तर प्रजातन्त्रको पुर्ण अधिकार उपभोग ले आफै बोक्सी आफै धामी बन्ने स्विकृती दिएको छ।दुबै बादरका हातमा हाम्रो दृष्टिकोण, नरिवल झै घरी एउटा तर्फ घरी अर्का माझ ठक्कर खाई रहेको छ।भाईरस हुन त स्वाभाविक रुपबाट नै सृजित भएको यानी प्राकृतिक हो भन्ने हरेक बैज्ञानिक फाँटबीट प्रमाणित गरिसकेको पुष्टि छ।

स्क्रिप्ट अनुसन्धान संस्थान मार्च १ 18, २०२० बाट

COVID-19 Coronavirus कोरोनाभाइरस इलेक्ट्रोन माइक्रोस्कोपी

प्राकृतिक विकासको लागि प्रमाण।

वैज्ञानिकहरूले पत्ता लगाए कि SARS-CoV-2 स्पाइक प्रोटीनको RBD अंश रक्त कोशिकाको नियमनमा संलग्न रिसेप्टर ACE2 भनिने मानव कोषहरूको बाहिरी भागमा एक आणविक विशेषतालाई प्रभावकारी रूपमा लक्षित गर्न विकसित भएको छ। SARS-CoV-2 स्पाइक प्रोटीन मानव कोषहरूलाई बाध्य पार्न यत्तिकै प्रभावकारी थियो, वास्तवमा वैज्ञानिकहरूले यो निष्कर्ष निकाले कि यो प्राकृतिक चयनको परिणाम हो न कि आनुवंशिक ईन्जिनियरि को उत्पादन हो।

प्राकृतिक विकासको लागि यो प्रमाण SARS-CoV-2 को मेरुदण्डको डाटा द्वारा समर्थित गरिएको थियो – यसको समग्र आणविक संरचना। यदि कोही नयाँ कोरोना भाइरसलाई रोगजनकको रूपमा इन्जिनियर गर्न खोज्दै थिए भने, तिनीहरूले यसलाई भाइरसको मेरुदण्डबाट बनाउन सक्थे जुन बिरामी हुन भनेर चिनिन्छ। तर वैज्ञानिकहरूले पत्ता लगाए कि SARS-CoV-2 मेरुदण्ड पहिले नै ज्ञात कोरोना भाइरस भन्दा धेरै भिन्न छ र प्रायः चमगादुर र पानगोलिनमा भेटिएको सम्बन्धित भाइरससँग मिल्दोजुल्दो छ।मेरिल्याण्ड विश्वविद्यालयका जैविक हतियार विशेषज्ञ मिल्टन लेटेनबर्गलाई पनी सोधिएको थियो के यो जैविक हत्यार हुन सक्छ? भनी तर वाहाका जवाफ यो बिल्कुल नै होईन भन्ने भनाई छ।यस्को बिस्तृत बिस्लेषण अध्ययन गर्न तलको लिंकमा गई हेर्नु होला।यस्मा मैले जती कुरा लेखे पनी केवल नागरिक हकका आधारले भनौला।दिइएको लिंक्मा सम्बन्धित निकायका बिज्ञहरुको छानबिनका परिणाम छन्।

Sources:https://www.nature.com/articles/s41591-020-0820-9.pdf

Reference: “The proximal origin of SARS-CoV-2” by Kristian G. Andersen, Andrew Rambaut, W. Ian Lipkin, Edward C. Holmes and Robert F. Garry, 17 March 2020, Nature Medicine.

DOI: 10.1038/s41591-020-0820

त्यस किसिमको पुस्टिकरण या बिषय केवल बिशेष दक्षरायकै कार्यबाट पार्दर्शिता हुन्छ र की यो गलत हो झुटो हो भन्न पनी त्यही दर्जा प्राप्त बिशिष्ठलाई सुहाउछ। यो न त अन्तराष्ट्रीय राष्ट्रपति न त अन्तराष्ट्रीय पत्रकारितालाई द्रिष्टिकोणको भाती बोल्ने हैसियत छ।अधिकार प्रजातन्त्रले त दियेको छ तर त्यस्को फल स्वरुप हामीले अन्धविश्वास सिराणमा राखी आफु पनी समर्थनमा सहभागिता जनाई खेद भनुम या मनोरंजन प्रकट गरी आएको छौ र बिचित्रता, सुन्दर र बेस्वाद भनी दौडीराछौ।पक्क्ष र बिप्क्क्ष,पिडित र दरिन्दा मनिलिउ दुरुष्त अमृत मतपान गर्न दैव र दानवले समुद्र मन्थन गर्या जसरी दैवले दानवलाई छल गरे, हो ईन्फोडेमिक पनी त्यही हो।शभ्य भनौदाले झुटा जानकारी दिए पछी अशभ्य भनौदाले अधिकार पाउन अप्नाएका गलत कदम।यहा दुबै पक्ष चुकेका छन्।माफ पाउ दैवलाई शभ्य र दानव असभ्य ठान्नु मेरो मानसिक्ता होईन नत यो मनोबिज्ञानले पुस्टि दिन्छ।समाज चारित्रिक बेख्यले स्थापना छ र सोही सृख्लालाई बुझ्न उदाहरण बनाए। दानव असभ्य होईनन् केवल बिश्लेषण पक्ष पाती जस्तै अहिले हाम्रो समाजमा भएको भेदभावको समस्या हो। अहिलेको बिषय यो होईन अर्को बखत यस बिषयमा कुरा राख्छु।हजुरलाई अर्को समाचार तिर ध्यानाकर्षण गौरन चाहन्छु। मैले बिशेष सानो गल्तीले बृहत समस्या निमत्याउने खाल्को समाचार नै उदाहरण लिन चाहे।यस किसिमको ईन्फोडेमिकले संसारलाई छिटै प्रदुषित बनौछ।

चार्ल्स लीबर(Charles Lieber), एक प्रतिष्ठित हार्वर्ड वैज्ञानिक, जसलाई न्याय विभागले २८ जनवरी,चीनमा उनको सम्बन्धको बारेमा बारम्बार झूटा बयान गरेको आरोप लगाइएको थियो।

यी पोस्टहरू, जसमध्ये केही फेसबुकमा ,,500०० पटक सम्म साझेदारी गरिएको छ।लाइबरको फोटो सँगै,बयानको एक श्रृंखला बनाउँदै जुन हार्वर्ड वैज्ञानिकलाई चीनको वुहानमा २०१९ को अनत्यमा शुरू भएको COVID-19 प्रकोपसँग जोडिएको छ भनेर झूटो सन्देश दिन्छन्।सन्देश यस प्रकार छन्:

फेडरल एजेन्टले हार्वर्ड विश्वविद्यालयको रसायन विज्ञान र रसायनिक जीवविज्ञान विभागका अध्यक्ष डा चार्ल्स लाइबरलाई चीनले भुक्तान गरेको मासिक ५०,०००- डलरको गोप्य मासिक भुक्तानी र रासायनिक / जैविक “अनुसन्धान स्थापित गर्न सहयोग गर्न थप लाखौं रसिद” को बारेमा रक्षा विभागलाई झूट बोलेको साथै चिनको प्रयोगशालामा पक्राउ गरे।अनुसन्धान सहायकका रूपमा काम गरिरहेका दुई चिनियाँ “विद्यार्थी” पक्राऊ परेका थिए। जसमध्ये एक वास्तवमा चिनियाँ सेनाका एक लेफ्टिनेन्ट थिए भने अर्को लोगन विमानस्थलमा चीनको लागि उडान पक्राउ गर्न खोज्दा पक्राऊ परेका थिए -एफबीआई अनुसार “सम्वेदनशील जैविक नमूनाहरू” को तस्करी गर्दै थिए।

प्राध्यापकलाई अनुसन्धान प्रयोगशालाले सेट अप गर्न राम्रो मद्दत गरेको थियो? यो वुहान विश्वविद्यालयको टेक्नोलोजीमा अवस्थित छ। वुहान चीन सम्भावित विश्वव्यापी महामारीको लागी शून्य हो र यसलाई “कोरोनाभाइरस” भनेर चिनिन्छ जुन दुबै छिटो फैलिरहेको छ र मानिसहरूलाई मार्दछ।

यस बिषय सम्बन्धी पुर्ण जानकारीको लागी तलको लिंक्मा गई पढ्नुहोला।बास्तविक्ता अर्कै छ तर यस बिषयलाई तोडमोडेर मिष्ठान्न परिकारका रिसिपी बनाई पस्कियो। अझै छन् समाजमा नव परिकार बनौदै, मेरो परिकार मनपरे मेरो दुकानमा आउनुस भनी अर्का दुकानको ब्यापार बन्द गर्न खोज्ने।गरिवको अवस्थामा लोभ प्रकट गर्दै भोक यसरी पो मिट्छ भनी भान गराई बिद्रोह गरि आएका। जब सम्म लोभ हटाउन प्रलोभन क़ायम गर्ने सुत्रका माध्याम अपनाईन्छ तब सम्म सद्भावना आदरणीय ठहरिनेछ र उही प्रचारक कदरणिय।हुन त जड त्यही केवल दयावानको दायरामै रहेर प्रथा के हट्ला। हामी पनी अरुले मागेर खुवाउदा निन्द्रा आउन लोरी सुन्दा के अरु खोज्नु जस्ले खुवाउछ उसैको कथा (योजना)साँचो।

https://www.factcheck.org/askscicheck/

यस्ता मु्द्दात कती छन् कती।यस बाट बच्न खासै अपठ्यारो पनी छैन तर सजिलो यस कारण पनी छैन: हाम्रो सोच,अस्तित्व र ठोस रहित आनन्द बत्तिसी लिने बानी।कल्पना गरी लजिक पनी लगाई सायेद हो भन्ने परम्परा तर अगुल्टोले हानेको कुकुर र बिजुलि चम्किदा तर्सन्छ झै हामी हाम्रो बिचार अगुल्टोलाई बिजुली र बिजुलीलाई अगुल्टो या उस्ता उस्तै हो भनी पुर्ण बिराम हुन्छौ।किन मन खाने भन्दैमा संख्खा गर्न अनादार हुन्छ?हरेक लाई सही गलत किट्न आँखा साँची चाहिन्छ, रंग्गे हात हिसाब गलत भयो भने निरिक्षणको साथसाथै प्रमाण चाहिन्छ।अब शब्दले भावनारुपी हत्यार प्रहार गरी यथार्थ ढाक छोप गर्ने, जान्न त जान्नु पर्ने यतीका प्रबिधिक हुदा हुदै। किन कल्पना गर्नु या मलाई लागेको बिषय ठिक पार्न अग्रसर रहनु। बारम्बार मेरो; साहित्यको स्थान बेग्लै,मनोरंजनको स्थान बेग्लै,ब्यापारको स्थान बेग्लै,अर्थको स्थान बेग्लै,प्रवचनको स्थान बेग्लै,कलाको बेग्लै र राजनैतिक या पत्रकारिता जुन हाम्रो मस्तिष्कमा तथ्यको स्थान ती सबैको स्थान देखी वाहीरको संस्कारमा रहेर हेर्नु पर्छ भन्ने बिचार छ।हुन त यी सबैमा एकै बिषयको संस्कार ठिला चाडो भित्रिनै हाल्छ तर अझै धेरैलाई अतितको अनुरागले पक्डिरहेको छ र पत्रकारिता र राजनैतिक समयसापेक्क्ष दौडन नसकेको: अप्रयाप्त, असफल कुनै पनी भेद खोल्न।आधुनिक प्रतिषपर्दामा पुराना पद्दती र प्रबिधिक बिच हराएको।यदी कुनै पनी बिषयले शब्दको बिकाषको कला सिकौने हो भने उस्ले शब्दकै जाल नै त बनौने हो जस्ले ईनफोडेमिक बनायो तर यस्ले एटम बम झै बिस्फोट गर्दै पनी आएको छ यानी धेरै क्ष्यति भएको छ। के साँचो के गलत केवल बिस्वासकै आधारले, आन्तरिकको हत्य या प्रलोप नै भईसक्यो।भन्ने हो भने कुनै पनी हत्य काण्ड जड नपुगी अन्त्येष्टि गरि आएको छौ।अरे! सुचना केवल पक्क्ष बिपक्क्षका लागी मात्र होईन नी। यहा त बेकारमा तनाव खडा गर्न सुचना लेखिन्छ र ठोस नखोज भनी दुई पक्क्षी भेला हुन्छन् र ठोस रहित मुद्दा टालटुल।ईन्फोडेमिक हाम्रो लागी अर्काको दुर्गतीमा हास्न रुन मात्रै त्यो पनी बालबालिकालाई परीको कहानी सुनाए जसरी।

मेरो भन्नु यती मात्रै हो नया पिंडी माझ कुनै पनी गहन सम्बेदनशिल बिषयलाई निहाल्दा, त्यस बिषयको योग्यता प्राप्त प्रतिष्ठित ब्यक्ति या कुनै आधार खोली वक्तव्य पोख्नेलाई मात्र सुन्ने गर्नु र सबै ब्यक्ति सबै बिषयमा बिज्ञ हुदैनन्। त्यसै कारण ध्यान दिएर जानकारी दिने सही ब्यक्ति योग्य हो होईन संख्खा गर्न अती आवश्यक छ। हुन त बिज्ञान भनी सुनेका भरमा,जो सबै कल्पित हुन्छन् र त्यस्तै ब्यक्ति नै एक्काईसौ शताब्दीका इन्फोडेमिक एकेडेमिका प्रध्यापक यानी गुरु कहलिएका हुन्छन् र स्रोता,माध्यम छदा छदा पनी यन्त्रमानव झै त्यसै गुरु पुजी सन्तुष्ट भई रहन्छन्।

अमृत भण्डारी