न्यूरोड चौतारी लायन्समा क्षत्र बराल निर्वाचित


चैत्र, २९ पोखरा ।

लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको अध्यक्षमा क्षत्र बहादुर बराल क्षत्री निर्वाचित भएका छन् । बिहिवार पोखरामा सम्पन्न क्लबको निर्वाचनबाट लायन वर्ष २०१९/२० का लागि क्षत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नेपाल प्राध्यापक संघ कन्या क्याम्पसका सभापति क्षत्री विभिन्न व्यावसायिक क्षेत्र र संघसंस्थामा आबद्ध छन् ।

क्लबको प्रथम उपाध्यक्षमा शिव राज बराल, द्वितीय तुलसी प्रसाद पोखरेल, तृतीय उपाध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् । सचिवमा शिशिर मिश्र, सहसचिवमा गणेश सेन्सुरी, कोषाध्यक्षमा लोकबहादुर खाँड र क्लब एडमिस्ट्रेसन माधब बास्ताकोटी चयन भएका छन्।


त्यसैगरी क्लवको मेम्वरसिप चेयर पर्सनमा रामेश्वर आचार्य, एलसिआइएफमा नरेन्द्र श्रेष्ठ, क्लव सर्भिस चेयर पर्सनमा केसरी प्रसाद तिवारी,क्लव मार्केटिङ कम्युनिकेशनमा कृष्ण लम्साल,टेमरमा माधव आचार्य, टेलटुईस्टरमा बेध प्रसाद अधिकारी, पिआरओमा पुर्ण बहादुर थापा,निर्देशकमा सन्तोष शेरचन र मुक्तीनाथ ढकाल निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक नगेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।


कार्यक्रममा बोल्दै जोनचियर पर्सन दिपक राज घिमिरेले क्लवले सामाजिक क्षेत्रमा महत्वपुर्ण कार्य गर्दै आएको बताउदै आगामी दिनमा पनि समाज सेवाका कार्यमा निरन्तर लाग्न आग्रह गरे।
कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल,अर्जुन गिरी,पवित्र मणी पोखरेल लगायतले बोलेका थिए। क्लबका अध्यक्ष धुर्व प्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।