नेपालगञ्जमा १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि, नेपालमा कुल सङ्क्रमित १०२ जना ।

बैशाख २६, नेपालगञ्जमा एक १६ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। यससँगै नेपालमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०२ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाका अनुसार पछिल्लो पटक लिइएको १३० वटा स्वाब परीक्षण गर्दा एक १६ वर्षका पुरुषमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप सङ्क्रमणको पुष्टि गर्दै ३० जना निको भएको बताएका छन्।