नेपालमा संक्रमितकाे संख्या ९९ पुग्याे, २२ जना निकाे भएर घर फर्किएका छन ।

बैशाख २४, नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

हाल सम्म नेपालमा संक्रमितकाे संख्या ९९ पुगेकाे छ । २२ जना काेराेनालाई जितेर घर फर्किएका छन भने अरु सबैकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

काेराेना संक्रमित बढेसँगै काेराेना रेकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनलाई निरन्तरता दिदै जेष्ठ ५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेकाे छ ।