गण्डकी प्रदेशका पाँच बालबालिकाहरुमा दादुराको संक्रमण ।

बैशाख २२, गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिका र नवलपुरका १ बालकमा दादुराको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन ।

दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र नवलपुरका चितवनको प्रयोगशालामा पठाइएको थियो । आइतबार आएको रिपोर्ट अनुसार उनीहरुमा दादुराको संक्रमण देखिएको शर्माले बनाए ।

संक्रमित हुनेहरु ६ महिनादेखि १७ बर्षसम्मका बालबालिकाहरु रहेक छन ।