मलाई थाहा छैन देश कसरी बन्छ ? लेखकः अमृत भण्डारी

बैशाख २०, मलाई थाहा छैन देश कसरी बन्छ, बाँच्छ र तँपाईलाई खै, यहा पत्रिका पढ्यो भने तथ्यांक भन्दा भाषामा पार्टिको प्रचार र बिपक्क्षीको खिच्चातानीको गन्ध झल्किन्छ।यदी हामीमा समाज बिकाषको क्षमता छैन भने धेरै मुसा पाल्नु भन्दा बाग भएको नरेस नै ठिक। हिरो भिलेन को चरित्रिक कल्पनाले देश होईन मनोरंजान्तमक भावुक साहित्य रचिन्छ।

कहिले काही यस्तो खटपट हुन्छ। म पनी कल्पना गर्ने कोशिस गर्छु। गतिलाई छाडी युटोपियाको “युटोपियास्”थोमस मोरका “स्वप्न लोकको बर्णनन, रचनात्मक ब्यंग्यात्मक लेख०कल्पना गर्छु तात्पर्य जुन समाज राज्नैतिक, आर्थिक, धार्मिक,भाषा,संस्कार सबै पृष्ठले उत्तकृष्ट।भावनामा डुबेर कल्पना गर्दा मलाई पनी सहनुभुती हुन्छ जसरी कसैको पिडालाई महसुस गर्न उस्को लाचारता,दरिद्रतामा बाँचेको कल्पना गरी बाँच्दा।हुन त जन्म पछी मृत्यु निस्चित छ। जसरी बाँचे पनी भयोस् सद्भावना, सहयोगी, दया, दान गरेरै मर्न सबै भन्दा सफल मरण भन्ने पनी गरिएको छ।अन्याय,अत्याचार बिरुद्द लड्नु पर्छ तर लडाई ब्यक्ति सँग होईन गलत प्रणालि,निती बिरुद्द। प्रणाली सिद्दान्त सही गलत छ छैन अभावकै हल गर्दै आईराछौ। अभाव हुन अघी आस्वासनमा बाच्छौ र आभावमा अत्तासिएर । अभावमा गलत निर्णयहरु अत्याधिक लिई आएका छौ। राज शासन, राणा शासनको अन्त्य गर्यो। धेरैलाई लाग्लाकी यसमा सहिद जती भए तिनीहरुको ठुलो हात छ तर म भन्छु यसमा बराबर सबैको हात छ। फरक यती हो तिनीहरुलाई हामीले समर्थन जनायौ।मलाई लाग्दैन राजतन्त्र या राणा शासन,शहिदहरु भएकाले मात्र आएको तर जिबितको भिडको त्रासले ल्साएको हो।युद्दमा प्रमुखको ज्यान जादा बिपक्क्षी प्रमुख बन्छन्।

एकतामा नै मजबुती हुदो रहेछ र परिष्थिती पनी त्यसैमा भर पर्दा रहेछ तर प्रमुख बनाउनुपो ख़राबी हो कीरु असल नै भए पनी प्रमुख भए पछी पो ख़राबी हुने हो कीरु यदी शहीद नभएका भए ज़िउदै भएका भए पनी के तिनीहरु समाजिक ब्यवस्थापनका बिद्द थिएरुअर्थ शास्त्री थिएरु की केवल मानव अधिकारी थिएरुकी सुत्र हिन स्वतन्त्रता र सदियो देखीको भुक बिना श्रम अब सबैले अ‍ैयासी गर्न पाउने भनी आस्वासनरु मर्ने बिद्द नै हुन्छ भन्ने नै पनी प्रमाणीत त हु्न्न नत जिबितमा हामीले जाँच्ने प्रयास गरेको छौ। हामी सबैले बाद परिवर्तन गर्दै आएका हौ। मनिलिउ चाहे राजा हुन चाहे राणा, तन्त्र त हामीले गर्दा नै बद्लियो बरु निती हामीले बद्लेको भए पनी के हुन्थयो, मतलब हामीले चाहेको सम्बिधान, लोकतन्त्र बनाएर राजा या राणा राख्दा पनी त फरक त हुदैन होला नीरु रास्ट्र या देश या सत्ता पनी हामी बद्लन्छौ तर हामी केवल पार्टी, राज शासन, राणा शासनका लागी प्रयोग भएका छौ तिनीहरु भने हाम्रो प्रयोगमा कहिले आएनन्। हाम्रो बिवस्तता, अभाव, भेदभाव, दरिद्रता, स्वतन्त्रता, कम्जोरीको फाईदा देखाई झन बिभाजन भएको छ तर आजको युगमा यतीको हलले मात्र पनी समाजको समस्या हल हुदैन। यी ब्यक्तीका समस्या हुन्, आफैले परिवर्तन गर्नुपर्ने बिषय हुन नत्र बादले बद्लनु पर्छ भनी पार्टी खड़ा गरी फेरी बिभाजन गरौछन्।

यदी हामीमा समाज बिकाषको क्षमता छैन भने धेरै मुसा पाल्नु भन्दा बाग भएको नरेस नै ठिक। कमसेकम पार्टिगत हुदैन थिए, पार्टी को नाम गरी बैक्क जस्तै कोष बनौदैन थिए होला,पीडितको उपकार गरे जसरी आफ्नै कार्यकर्ता पत्रकारलाई सहयोग पुगिसक्यो भनी ढाक छोप गर्दै जन्ताको आँखामा धुल छोप्न प्रचार गर्दैन थिए होला। देशको सम्पुर्ण हिसाब घाटामा र कमिसन जती सुईस बैंक्कमा हुदैन थिए होला।अभाव प्रकोपमा,रित्तिएको कोश भर्ने बहाना पाई अन्तराष्ट्रीय सहयोगमा आन्तरिक भागबन्डा हुदैन थिए होला। हामी हिजो देखी सरकारलाई समस्याको ध्यानाकर्षण पनी गरौदै आएका छौ तर सरकार भनी ध्यान हटाउन भनी मिडिया स्थापना गराई सय प्रतिशतमा पच्चतरको ढाकछोप गराई ढुक्क बनाउन सफल भएका छन्।

तँपाई आफैलाई सोध्नुस सरकारबाट जन्ताले जानकारी नदी कुन काम पुर्ण भएको होलारु बरु अझ हामीले समस्या देखाएर खर्च बड्छ भनी मिडिया मार्फत ध्यान हटाई यथार्थ ढाक छोपमा पो सहयोग मिलेको जस्तो लाग्छ। हरेक मिडिया नै कुनै न कुनै पर्टीका कार्यकर्ता त अवस्य छन्। यहा पत्रिका पढ्यो भने तथ्यांक भन्दा भाषामा पार्टिको प्रचार र बिपक्क्षीको खिच्चातानीको गन्ध झल्किन्छ।हुन त यी सबैको हलले पनी सच्चा नेता आए पनी समाज मजबुत त बन्दैन।आदर्शवादी सच्चा सैद्धान्तिक जरुर बन्छ तर समाज अझै बन्दैन अनी उदाहरण बनौछन्। मलाई थाहा छैन देश कसरी बन्छ,बच्छ र तँपाईलाई खैरु उदाहरण पनी दिनु हुन्छ संस्कार प्रबिधीमा फट्को मारेकाहरुको,नत हाम्रो तिनिहरु सँग समय मेल खान्छ न त बिचार। हिरो भिलेन को चरित्रिक कल्पनाले देश होईन मनोरंजान्तमक भावुक साहित्य रचिन्छ।